Anita Thapa magar | 4 सेप्टेम्बर 2019
मिति sep 3 , 2019 मा मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाको आयोजनामा आबुखैरेनी गा.पा.-04, लोप्राङ तनहुँ स्थित लोप्राङ समाज भवनमा गाउँ सभाका अध्यक्ष कुमारकाजी तमुको सभाधक्ष्यतामा र केन्द्रिय सदस्य तथा आर्थिक विभागका सदस्य सोम गुरुङको प्रमुख आतिथ्यतामा एकदिने मुलवासी मंगोल सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केन्द्रिय सदस्य प्रबिना थापा मगरहुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा गण्डकी प्रदेशका सचिव देव थापा मगर ,आबुखैरेनी गाउँ सभाका वरिष्ठ सल्लाहकार याम बहादुर गुरुङ ,आबुखैरेनी गाउँपालिका-04, वडा सभाका अध्यक्ष तुल बहादुर गुरुङ हुनुहुन्थ्यो । प्रमुख अतिथि गुरूङले कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्णलाइ नेपालमा कसरी मुलवासीहरुलाइ शताब्दीऔं देखि २०%आर्यन बाहुन क्षेत्रिहरुले विभिन्न कालखण्डमा अनेकौं नामहरु जस्तै मतुवाली जनजाती इत्यादि दिएर शोषण गरेको भन्दै नेपालको असलि ईतिहास र राजनीति , मानव अस्तित्व र मंगोल रास्ट्रवाद सम्बन्धि प्रशिक्षण दिनुभयो। सम्पुर्ण अतिथिहरुले गहकिलो मन्तब्य प्रस्तुत गर्नु भएको थियो। आबुखैरेनीगा.पा-04वडासभाकाअध्यक्षले वडाभित्रका सम्पुर्ण टोलहरुमा MNO सभा गठन गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।गण्डकी पुर्व सचिव थापालेअबको युगमा MNO भित्र युवाको आवस्यकता भएको र सम्पुर्ण लोप्राङवासी युवाहरुलाइ सङ्गठनमा आवद्ध हुन अपरिहार्य रहेको बताउनु भयो।। यसै गरि विशिस्ट अतिथिज्युले भने नेपालमा वर्षामा च्याउ उम्रेको जस्तै राजनितिक पार्टी भएतापनी ती सबैको झण्डा मात्र फरक तर टाउकोमा बाहुन रहेको र सम्पुर्ण80% अहिन्दु मुलवासीको सङ्गठन रोज्नु मात्रै मंगोल हितको अन्तिम विकल्प रहेको बताउनु भयाे।
कार्यक्रमको संचालन एम.एन.ओ गण्डकी प्रदेश सभाका प्रचारप्रसार सचीव अनिता थापा मगरले गर्नुभएको थियो र स्वागत मन्तब्य भने आबुखैरेनी गाउँ सभाका सदस्य अमर गुरुङले राख्नुभएकाे थियो। यसै कार्यक्रम पश्चात् कुल बहादुर गुरुङ(रिम्नी)को अध्यक्षतामा 13 सदस्यीय आबुखैरेनी गा.पा.-04 लोप्राङ टोल सभा गठन भएको छ। त्यस्तैगरि सचीवमा याम बहादुर गुरुङ , कोषाध्यक्षमा मन्जु गुरुङ र स-सचीवमा कुल बहादुर गुरुङ ( प्राङ्चा)। सदस्यहरूमा अन्जु गुरुङ ,मन्जु गुरुङ , विकास गुरुङ , सिताराम गुरुङ , अस्मिता गुरुङ , एक बहादुर गुरुङ , रन्जु गुरुङ ,मिनसोभा गुरुङ र सुक बहादुर गुरुङ चुनिनु भएकाे छ।नवगठित आबुखैरेनी टोल सभाको पदाधिकारिहरूलाइ प्रमुख अतिथि गुरूङले संगठनकाे पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभएकाे थियाे।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology