शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको दोस्रो अधिवेशन सम्पन्न

दिपक मंगोल | 4 अप्रिल 2021

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको दोस्रो अधिवेशन सम्पन्न

बेनी म्याग्दी, ०३ अप्रिल २०२१ का दिन मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको दोस्रो अधिवेशन म्याग्दी जिल्लाको सदरमुकाम वेनीबजारमा सम्पन्न भएको छ।
मंगोल नेशनल अर्गनाईजेशन दोस्रो जिल्ला अधिवेशन आयोजक सभा म्याग्दीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको थियो भने बाजागाजा, झाँकि सहितको ¥याली बजार परिक्रमा गरिएको थियो । 
जिल्ला अधिवेशन घोषणा सभा कार्यक्रममा आयोजक सभाका संयोजक डिके पुन मगर सभा अध्यक्ष रहनु भएको थियो भने कार्यक्रम संचालन प्रचारप्रसार सहसचिव र प्रचारप्रचार सचिव ओमविकास पुनमगर र एलिस रोका मगरले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाईजेशन केन्द्र सभाका मुल सचिव थम्मनबहादुर बुढा मगर रहनु भएको थियो त्यसै गरी विशिष्ट अतिथिहरुमा केन्द्र सभाका कोषाध्यक्ष आङदावा सेर्पा रहनु भएको थियो, अतिथिहरुमा सर्वाेच्च सभा सदस्य कल्पना थापा मगर, केशु राजकोटी मगर, केन्द्र सभाका  सदस्यहरु लालबहादुर दर्लामी मगर, प्रेम छिरिङ शेर्पा (दिक्पाल मंगोल), आयुस विक, गंगा खपाङ्गी मगर, प्रेम श्रेष्ठ,  गण्डकी प्रदेश सभा अध्यक्ष नरबहादुर गुरुङ (नविन), गण्डकी प्रदेश कोषाध्यक्ष राजु आले प्रदेश सदस्यहरु रणबहादुर फगामी, कुशल रोकामगर, मिनु थापा लगाएत विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य अधिवेशन आयोजक सभाका सदस्य एवंम निवर्तमान म्याग्दी जिल्ला सभाका अध्यक्ष चित्र जुग्जालीले राख्नु भएको थियो,
कार्यक्रमको उद्घाटनमा पाँच क्रान्तिका प्रतिक स्वरुप पाँच वटा दिपहरु प्रमुख अतिथि तथा विशिष्ट अतिथीहरुबाट प्रज्वलन गरीएको थियो, एम.एन.ओ.को हरेक कार्यक्रममा पाँच क्रान्तिको प्रतिक दिप अनिवार्य हुन्छ।
 

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको दोस्रो अधिवेशन सम्पन्न

कार्यक्रमा गण्डकी प्रदेश सभाका सदस्य तथा निर्वाचन मण्डलका संयोजक रणबहादुर फगामीले अप्रिल २ को बन्दसत्रबाट निर्वाचित तथा मनोनित भएका जिल्ला सभा म्याग्दीको पदाधिकारीहरुको नामावली घोषणा गर्नु भएको थियो। नवनिर्वाचित तथा मनोनित पदाधिकारीहरुमा अध्यक्ष डेगबहादुर पुन (डि.के. पुनमगर), सचिव खमबहादुर रोका मगर (एलिस रोका मगर), कोषाध्यक्ष दिपक पुन मगर, सहसचिव एलिना शेरपुन्जा, प्रचारप्रसार सचिव देवबहादुर घर्ती मगर सदस्यहरु जयन्द्र रोका मगर, जीवन पुन, बुल प्रसाद रोका, भिम प्रसाद रोका, यूराज पुन, कविना पुर्जा मगर, रमेश भट्टचन, गेम बुढामगर, ओमराज मगर, तेजिन्द्र जुग्जाली मगर, मनबहादुर मगर, राम गर्वुजा, तुलप्रसाद गर्वुजा, गगन पुन, मेनुका रोका मगर, ज्ञानु फगामी, प्रकाश पाईजा, राम प्रसाद पुन, कोमल थापा मगर रहनु भएको छ। सल्लाहकारहरुमा निवर्तमान जिल्ला सभा अध्यक्ष चित्र जुग्जाली, निवर्तमान जिल्ला सचिव ओमविकास पुनमगर र नरबहादुर थापामगर मनोनित हुनुभएको छ । 
प्रमुख अतिथि तथा मुल सचिव मगरले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै एम.एन.ओ.ले देशमा असली लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय÷संघियता चाहेको र मंगोल नेशनल अर्गनाईजेशन र फाउण्डर प्रसिडेन्ट नै नेपालमा सवै भन्दा पहिले लोकतन्त्रको वकालट गर्ने संगठन र व्यक्ति भएको बताउँदै अहिले देशको शासन सत्तमा लोकतन्त्रका विरोधीहरु पुगेको कारण लोकतन्त्र विरोधी गतिविधिहरु भईरहेको र असली लोकतन्त्रको मालिक मुलवासी मंगोलहरु नै राज्यसत्तामा पुग्न सकेमात्र समानता, भातृत्व, स्वतन्त्रता, दिगोशान्ति, दिगो विकास र मानव अधिकार सुनिश्चित हुने र वर्ण भेदी नितिको अन्त गर्ने घोषणा गर्नु भयो।
विशिष्ट अतिथि शेर्पाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदैँ  मंगोल लोकसमुदायहरुलाई संयमित भई भौतिक लडाईको बाटो नरोजी बैचारीक क्रान्तिको बाटो रोज्दै मंगोल मुक्तिको महान यात्रामा संघर्षको मैदानमा उत्रिन आव्ह्वान गर्नुभएको थियो।
अन्य केन्द्र तथा प्रदेशबाट पाल्नुभएका अतिथि वक्ताहरुले नवनिर्वाचित म्याग्दी जिल्ला सभाका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो
कार्यक्रम समापन गर्दै सभाध्यक्ष तथा नव निर्वाचित एम.एन.ओ. जिल्ला सभा म्याग्दीका अध्यक्ष डि.के. पुनमगरले मंगोल नेशनल अर्गनाईजेशन म्याग्दी जिल्लाको लागि वैकल्पिक शक्ती नभई अनिवार्य तथा अपरिहार्य शक्ति भएको बताउँदै आगामी कुनैपनी समयमा हुने निर्वाचनहरुमा जिल्लाका अन्य दल तथा पाटीहरु संग स्वच्छ प्रतिस्पर्धा गर्न तैयार रहेको र संगठन विजय हुने बताउनु भयो। अधिवेशनलाई सफल बनाउनको लागि देश तथा विदेशमा रहेर, प्रत्यक्ष वा अप्रत्यक्ष रुममा विभिन्न ढङ्गले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग पु¥याउनु हुने मंगोल प्रेमि संग संस्था तथा व्यक्तिहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्