बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा बागलुङमा एक दिने परिचयात्मक प्रशिक्षण सम्पन्न

अनुप बुढा मगर | 24 जनवरी 2019

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा बागलुङमा एक दिने परिचयात्मक प्रशिक्षण सम्पन्न

बागलुङ/२४ जनवरी २०१९ मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा बागलुङको आयोजनामा बिहिवार एक दिने परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य विष्णुमान बिक आयुष मंगोल" रहनु भएको थियो भने विशिस्ट अतिथीमा एम एन ओ गण्डकी प्रदेशको सभा सदस्य रनबहाहुर फगामी मगरको रहेको थियो। त्यस्तै कार्यक्रममा मुलबासी मंगाेलहरूकाे उल्लेखनिय  सहभागीता रहेको आयोजक सभाले जनाएको छ। कार्यक्रम बागलुङ जिल्ला भित्र रहेका जिउदा सिहका सन्तान मंगोलहरुलाई जगाउनका निमित्त आयोजना गरिएको थियो। मंगोलवादलाई कायम गर्दै नेपालको खोक्रो ईतिहास र राजनितीको पर्दाफास गर्दै असली इतिहास र राजनीति कार्यन्वयन गर्न मंगोल नेशनल अर्गनाइजेसन बाहेक अन्य कुनैको बिकल्प नरहेकोले कार्यक्रम आयोजना गरेको आयोजक सभाले जनाएको छ। कार्यक्रम मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा बागलुङका अध्यक्ष अनुप बुढा मगरको अध्यक्षता र कार्यालय सचिव कर्ण प्रतेलको संचालनमा सुरु भएको छ।

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा बागलुङमा एक दिने परिचयात्मक प्रशिक्षण सम्पन्न

त्यस्तै जिल्ला सभाका सह सचीव बाबू घर्तिको स्वागत मन्तव्य सगैं प्रमुख अतिथीद्वारा द्विप प्रज्वलन लगतै युग पुरुष डा. गोपाल गुरुङ लगायत ज्ञात अज्ञात सहिद तथा मृत आत्माहरुको चिर शान्तिको काममना गर्दै एक मिनेट मोहनधारण गरिएको थियो। भने गण्डकी प्रदेश सभाका सदस्य फगामीको मन्तव्य पछि प्रशिक्षक बि क मंगोलद्वारा प्रशिक्षण सुरु भएको थियो। प्रशिक्षणमा बोल्दै प्रशिक्षकले नेपालमा ४६० वर्षदेखि नेपालमा वर्णभेदि राजनिती भइ रहेकोले निराकरण गर्नु पर्ने बताउनु भयो । त्यस्तै यो देशका ८०% अहिन्दु मुलवासी मंगोलहरुलाई अन्तर्राष्ट्रिय मानवीय मान्यतामा नराखेको बताउदै यो देशको मंगोलहरु आदिवासी / जनजाति , दलित नभएर मुलवासी रहेको दाबी गर्नु भएको छ। प्रशिक्षण सकिए लगतै सभा अध्यक्षबाट कार्यक्रम सकिएको घोषणा गरि कार्यक्रम समापन भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्