बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा म्याग्दीमा प्रशिक्षण साथै गाउँ सभा गठन

Dilip Dhimal | 27 मार्च 2019

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा म्याग्दीमा प्रशिक्षण साथै गाउँ सभा गठन

'गाउँ-गाउँ जाऔ! मूलबासी मंगोल जगाऔ! अस्तित्व बचाऔ!' मंगोल नेशनल अर्गनाइजेशनको राष्ट्रिय अभियानलाई मुर्तरुप दिनको लागि म्याग्दी जिल्लामा प्रशिक्षणका साथै गाउँ सभा गठन भएको छ।

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा म्याग्दीमा प्रशिक्षण साथै गाउँ सभा गठन

सन् 2019 march 20 देखि 23 सम्म लगातार कार्यक्रम भएको छ। म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर 4 मा खिबाङमा 56 औ जनाको उपस्थितिमा प्रशिक्षण हुनुका साथै सोम घर्ती मगरको अध्यक्षतामा 19 सदस्यीय खिबाङ गाउँसभा गठन भएको छ भने वडा नम्बर 4 मुदि गाउँमा नै 31 जनाको उपस्थितिमा सितल फगामी मगरको अध्यक्षतामा 11 सदस्यीय मुदि गाउँसभा गठन भएको छ । त्यसैगरी धौलागिरी गा.पा.वडा न:3 मुना गाउँमा 46 जनाको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ। धौलागिरी गा.पा. वडा न:3 दर गाउँमा 21 जनाको उपस्थितिमा प्रशिक्षण हुनुका साथै बल बहादुर गर्बुजा मगरको अध्यक्षतामा 14 सदस्यीय दर गाउँसभा गठन भएको छ। त्यसैगरी धौलागिरी गा.पा.वडा न:7 सिबाङ गाउँमा 32 जनाको उपस्थितिमा रोशन गुरुङको अध्यक्षतामा 11 सदस्यीय सिबाङ गाउँ सभा गठन भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा मूलबासी, मंगोल अस्तित्वको बारेमा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य तथा अनुशासन बिभागका सदस्य लाल ब.दर्लामी मगरले प्रशिक्षण दिनुभएको थियो भने बिशिस्ट अतिथिको रूपमा गण्डकी प्रदेश सदस्य रन ब.फगामी मगर र कुशल रोका मगर(कुमार)को पनि उपस्थितिका साथै सहभागीता रहेको थियो । त्यसैगरि सिबाङ गाउँमा प्रशिक्षण हुदा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभाका कोषाध्यक्ष जयन्द्र रोका मगर र जीवन पुन मगरको सहभागीता रहेको थियो। मंगोल नेशनल अर्गनाइजेशनका सक्रिय शुभ-चिन्तक योगेन्द्र रोका मगर र खोरिया गाउँका हाल पर्बत निबासि लिला पुन मगरको पनि उल्लेखनीय सहकार्य र सहयोग रहेको थियोे । यसैगरी सम्पुर्ण प्रशिक्षण कार्यक्रमको संचालन एलिस रोका मगरले गर्नुभएको थियोे भने सभा अध्यक्ष डिके पुन मगरले गर्नुभएको थियो।.​​​​​​

 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्