मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेसन मेची नगर सभाको तेस्रो नगर अधिबेशन सम्पन्न

Mongol Vision | 25 अप्रिल 2021

मंगोल नेशनल अर्गनाइजेसन मेची नगर सभाको तेस्रो नगर अधिबेशन सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेसन मेची नगर सभाको तेस्रो नगर अधिबेशन सनिवार सम्पन्न भएको छ ।
  मेची नगर पालिका १० स्थित पासाङ ल्हामु जेसिस प्रतिष्ठानको सभाहलमा तेस्रो नगर अधिबेशन मुल आयोजक सभाका संयोजक सागर दर्जीको अध्यक्षता एबम संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यता तथा केन्द्रीय प्रवक्ता दिलिप धिमाल र वरिष्ठ केन्द्रिय सदस्य शान्ति लाल धिमालको विशेष अतिथिमा अधिबेशन सम्पन्न भएको थियो । १५ औं लोकतन्त्र दिवसको अवसर पारेर सम्पन्न भएको नगर अधिबेशन लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तामाङले लोकतन्त्र दिवसको उपलक्ष्यमा सबै लाई शुभकामना दिदै लोकतान्त्रिक ब्याबस्थामा मात्र सबैको हक अधिकार सुनिश्चित हुने बताउनु भयो । त्यस्तै उहाले आउदो दिनमा हुने जुन सुकै तहको चुनावको तयारी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । कार्यक्रममा केन्द्रीय सदस्यहरु सान बहादुर मेचे , श्याम लिम्बू , १ न प्रदेश अध्यक्ष भास्कर चाम्लिङ , सदस्य देब नारायण धिमाल,गण्डकी प्रदेश सभा सह सचिब अनिता थापा मगर , झापा अध्यक्ष लासिमहाङ लिम्बू ,भद्रपुर नगर अध्यक्ष जयन मगर , दमक नगर अध्यक्ष दिपेश राई , कमल गाउँ अध्यक्ष प्रेम लिम्बू र चुलाचुली गाउँ अध्यक्ष चन्द्र केरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु अकल तामङ , टोमराज लिम्बू , मेलिना तामाङ , याम कुमरी लिम्बू , जे एम थुलुङ , केन्द्रीय सल्लाहकार दिल बा लिम्बू , १ न प्रदेश सचिब सागर राई , सदस्यहरु राजेन्द्र लिम्बू , रुद्र राई , दिनेश राई लगायत जिल्ला सभा एबम गाउँ नगर सभाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । अधिबेशनमा मंगोल कलाकारहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । 
      तेस्रो नगर अधिबेशनले सिनारा मेचे अध्यक्षतामा २६ सदस्य मेची नगर सभा सर्बसहमतिले निर्माण गरेको छ । जसको सचिव किशोर धिमाल , कोषाध्यक्ष नर बा राई , सहसचिव खम बा राई ,प्रचारप्रसार सचिव मोहन सिंह तामाङ  रहेका छन भने 
सदस्यहरुमा अर्जुन धिमाल ,लालमोहन धिमाल ,तारा राई ,विजय गुरुङ ,नरेन धिमाल, रविन्द्र लिम्बू ,वीर बा तामाङ ,आशा राई ,बुद्दिमान राई ,सोमबीर तामाङ ,धन बा तामाङ ,रेवत मगर ,अष्टबर धिमाल ,मनिला मेचे ,सविना राई , टेक बा राई रोशन लिम्बू  रहेका छन भने  
सल्लाहकार मा सागर दर्जी , सन्देश राई , अशोक कुमार तामाङ  र चन्द्र तामाङ रहेका छन ।तेस्रो नगर अधिबेशन मुल आयोजक सभाका  कोषाध्यक्ष किशोर धिमालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सिनारा मेचे संचालन गरेकी थिएन ।

मंगोल नेशनल अर्गनाइजेसन मेची नगर सभाको तेस्रो नगर अधिबेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्