शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्ला सभाको आयोजनामा प्रशिक्षण सम्पन्न

प्रदिक्षा तामाङ | 27 नोभेम्बर 2020

मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्ला सभाको आयोजनामा प्रशिक्षण सम्पन्न

नुवाकोट/मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्ला सभाको आयोजनामा मिति 26 नोभेम्बर 2020 ( 2077/08/11) मा अ.मु.मं. राजेश राइको सभाध्यक्षता र केन्द्रिय सभाको सदस्य काशिमा तामङको प्रमुख आतिथ्यतामा एक दिने परिचयात्मक प्रशिक्षण तथा लिखु गाउँपालिका सभा गठन कार्यक्रम सम्पन्न गरियो । उक्त सभालाइ सम्बोधन गर्दै प्रमुख अथिती तामाङले मुलवासी मंगोल हरुलाइ एकजुट हुन आह्वान गर्दै गठित सभालाइ सपथ ग्रहण गर्दै सफल कार्यकलको शुभकामना व्यक्त गर्नुभयो त्यससैगरी संगठनका अन्य अतिथिहरु बाग्मती प्रदेश सभाको सदस्य दिलमान तामाङ र पुष्पा तामाङले पनि मुलवासी मंगोलहरु राजनीतिक रूपमा चेतनशील भएर संगठित हुदै मुलवासी मंगोलहरुको मुक्तिको निमित्त एम एन ओ नै एक्लो र आखिरी विकल्प रहेको मन्तव्य व्यक्त गर्नुभयो ।यसैगरि नुवाकोट जिल्ला सभाको सचिब प्रदीक्षा तामाङले संगठन सम्बन्धि परिचयात्मक प्रशिक्षण दिएको थियो भने अर्को जिल्ला सदस्य दिपेश राइले मानब उत्पत्ति सम्बन्धि प्रशिक्षण दिनुभयो र मन्तव्यकै क्रममा म्यागङ गाउँपालिका सभाको अध्यक्ष सन्त बहादुर तामाङले मुलवासी मंगोलहरु जातीय,धार्मिक र साँस्कृतिक रुपबाट भन्दा माथी उठेर मुलबासी मंगोलहरुको साझा घर एम एन ओ मा आबद्ध हुन आह्वान गर्नुभयो भने उक्त परिचयात्मक प्रशिक्षण कार्यक्रम पश्चात् राजेश राइको अध्यक्षतामा 18 सदस्यीय लिखु गाउँपालिका सभा गठन गरियो भने सचिबमा ज्ञान ब. राइ, कोषाध्यक्ष सबिन राइ, सहसचिव सन्तोष राइ, प्रचारप्रसार सचिब शिब राइ ,र सदस्यहरु राजेन्द्र राइ, रबिन राइ, रोमिशा राइ, रामबाबु राइ ,जंग बहादुर राइ, रश्मिला राइ, बिराज राइ, च्यान्ट बहादुर राइ ,पुर्ण बहादुर राइ ,दिल राइ ,ज्ञान बहादुर राइ, सोम बहादुर राइ चयन भएका छन भने जिल्ला सभाको सदस्य उमा तामाङले कार्यक्रम उद्घोषण गरेकी थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्