mongolvision | 8 जनवरी 2022
काठमाडौ / मंगोल नेशनल अर्गनाइजेसन प्रबाँस सभा कतारले संगठनको ३३ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ ।
२०२२जनवरी ७ तारीख शुक्रबार प्रवास सभा कतारका वर्तमान अध्यक्ष देबिन्द्र गर्बुजा मगरको सभाध्यक्षतामा ३३औं स्थापना दिवस सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि होम राई रहनु भएको थियो भने अतिथिहरु शिव राना मगर,प्रदिप लिम्बु ,गोपाल पुन मगर,नेत्र राना मगर, बिनोद शेरपन्जा मगर ,लाल ब.तामाङ हुनुहुन्थ्यो । कार्यक्रममा बुद्धिमान लिम्बुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष नेत्र राना मगरले वार्षिक प्रतिवेदन विवरण प्रस्तुत गर्नु भएको थियो।
प्रमुख अतिथि होम राइले अस्तित्वको निम्ति बैचारिक लडाइँ गर्ने जुझारु मुलवासी मंगोलहरुर्लाइ प्रबास सभामा नियुक्ति गर्नु भयो । नव नियुक्त हुनुहुनेहरुमा मन ब.गुरुङ (गोर्खा), दान ब.गोले तामाङ(सिन्धुली), ओम प्रकाश पुन मगर(रुकुम), सोम्ब घले(नुवाकोट ) र सन्जय कुमार गोले(मकवानपुर ) रहेका छन । उहाहरु लाई प्रमुख अतिथीले खदा लगाइ सम्मान गर्नु भएको थियो । साथै प्रवास सभा कतारका वर्तमान अध्यक्ष गर्बुजा मगरले ३३ औं स्थापना दिवसको अवसरमा सन् २०२१ तेस्रो अधिबेशन बाट चयन भएका पदाधिकारीहरुलाइ प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा बागलुङका जुझारु मंगोल मान सिन बिकले संगठनको साधारण सदस्यता समेत लिनु भएको थियो ।उहालाइ अध्यक्षले खादाले स्वागत गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य प् सह-सचीव कमल राइले राखेका थिए भने कार्यक्रम संचालन राजा तामाङले गरेका थिए।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology