बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेसन  तदर्थ सुनसरी जिल्ला सभा गठन

Dilip Dhimal | 4 मे 2019

मंगोल नेशनल अर्गनाइजेसन  तदर्थ सुनसरी जिल्ला सभा गठन

इटहरी / मंगोल नेशनल अर्गनाइजेसनले सुनसरी जिल्लामा तदर्थ जिल्ला सभा गठन गरेको छ । एम एनओ प्रदेश न १ सभाको सक्रियता र जिल्ला सभा मोरङ, प्रवास सभा भारत, मेघालयको विशेष पहलमा आज बैशाख २१ गते सनिवार इटहरीमा सम्पन्न भएको एक कार्यक्रमका बीच उप्त तदर्थ सुनसरि जिल्ला सभा गठन भएको हो । प्रदेन १ सभाका अध्यक्ष भास्कर चाम्लिङको अध्यक्षता एबम संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथियता र केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका प्रबन्धक राज कुमार गुरुङको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले ओम प्रकाश गुरुङको अध्यक्षतामा २५ सदस्यीय तदर्थ सुनसरी जिल्ला सभा गठन गरेको छ । तदर्थ जिल्ला सभाको सचिब ,सह - सचिब , कोषाध्यक्ष र प्रचार प्रसार सचिबमा क्रमश शान्तहिरा राई , श्रीया तमुस्यो गुरुङ , मनहिरा राई र बुद्धि लिम्बू चयन हुनुभएको छ भने सदस्यहरुमा टीका धन राई , आक्रोश राई , सैलेन्द्र लिम्बू , कर्म लिम्बू , अन्जु गुरुङ, प्रकाश तामाङ , जेम्स राई , नारायण गुरुङ , मालती राई ( गुरुङ ) , राधा राई , नमिता श्रेष्ठ , शुभ कला राई , उमा राई , प्रदिप कुमार गुरुङ , समती राई , स्याम राई, दर्शन राई र अनमोल राई रहेका छन । त्यस्तै दिपेन्द्र राई र दिल कुमार लिम्बुब लाई तदर्थ जिल्ला सभाको सल्लाहकार मा राखिएको छ ।

मंगोल नेशनल अर्गनाइजेसन  तदर्थ सुनसरी जिल्ला सभा गठन

 नब गठित तदर्थ जिल्ला सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सचिब सन्तोष तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । तदर्थ जिल्ला सभा गठन कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तामाङले सम्पुर्ण पदाधिकारीहरु लाई निडर बनेर संगठनको काम गर्न निर्देशन दिनु भयो । त्यस्तै उहाले मंगोलको जित नजिक भएकोले नअताली कन काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बिशिस्ट अतिथी गुरुङ , केन्द्रीय सभाका बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साङपाङ , मोरङ जिल्ला सभाका अध्यक्ष बिकेन बान्तवा , ओखलढुंगा जिल्ला अध्यक्ष बजेन्द्र अम्बुले , प्रबास सभा भारत मेघावाट अध्यक्ष बिक्रम याम्फु , वाडसेप ग्रुपका के बि गुरुङ लगायतले नब गठित तदर्थ जिल्ला सभाका पदाधिकारीहरु लाई कार्यकाल सफलताको शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुरज फम्बो , बैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठ , धनकुटा जिल्ला अध्यक्ष विश्व लावती , झापा जिल्ला अध्यक्ष लासिमहाङ मंगोल , प्रबास सभा भारत मेघालय सचिब मिता मोक्तान , कोषाध्यक्ष दीपेन्द्र राई मिसन राइ , डम्बर अम्बुले लगायतको पनि उपस्थिति रहेको थियो । प्रदेश न १ सभाका सदस्य देब नारायण धिमाल ले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम प्रदेश सचिब सागर राइले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्