बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रामेछाप पुनर्गठन

Mongol Vision News | 6 जून 2019

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रामेछाप पुनर्गठन

रामेछाप / नेपालको 80% अहिन्दु मूलबासी मंगोलहरु चिर निन्द्राबाट ब्युझिने क्रममा र सम्पुर्ण मूलबासी मंगोलहरुको अस्तित्व सुरक्षार्थ बैचारिक क्रान्तिमा सरिक हुँदै जुन 1, 2019 सनिवारको दिन रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित G.S. होटलको सभा हलमा नयाँ नेतृत्व सहितको 28 सदस्यीय एमएनओ जिल्ला सभा रामेछाप पुनर्गठन भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा एमएनओ केन्द्रीय मूलसचिव थम्मन बुढा मगर हुनुहुन्थ्यो र कार्यक्रममा वहाँले मूलबासी मंगोल लगायत मानव अस्तित्व र सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । जिल्ला सचीव भुवन घिसिङको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा एमएनओ केन्द्रीय प्रचारप्रसार सचीव मणि पापो लिम्बू रहनुभएको थियो । त्यस्तै अन्य अतिथिहरुमा एमएनओ केन्द्रीय सदस्य मंगोल भक्त खपाङ्गी मगर र सान्त कुमार मगर, एमएनओ प्रदेश सभा 3 सभाका सदस्य सागर आले र बिराज घिसिङ, एमएनओ जिल्ला सभा दोलखा अध्यक्ष निमा घिसिङ लगायतका नेतागणको बाक्लो उपस्थिती र वहाँहरुको अमुल्य मन्तव्यको साथमा कार्यक्रम सम्पन्न भएको थियो ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रामेछाप पुनर्गठन

 उक्त पुनर्गठन कार्यक्रमबाट एमएनओ जिल्ला सभा रामेछापमा अध्यक्ष, सचीव, कोषाध्यक्ष, सह-सचीवमा क्रमशः चन्द्र प्रकाश घिसिङ, भुवन घिसिङ, ओम श्रेष्ठ, सिताराम मगर चयन हुनुभयो भने सदस्यहरुमा हरि जठौ मगर, मोट्टोन थापा मगर, टेक बहादुर थापा मगर, देबेन्द्र थापा मगर, अर्जुन थापा मगर, भूमिराज मगर, प्रेम कुमर मगर, ओम पुलामी मगर, सञ्जीव आले मगर, राजेश थापा मगर, रुद्र थापा मगर, कुमार लुङगेली मगर, गोमन जठौ मगर, मेजर सिंह तामाङ, कर्णै बठ मगर, हेम कुमारी मगर, रिता मगर, अमृत नेपाली, विशाल मगर, पदम मगर, राम थापा मगर, ज्ञान सुन्दास, सुस्मिता थापा मगर र सल्लाहकारमा नवराज खपाङ्गी मगर चुनिनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्