शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देही कार्यालय समुधघाटन

Bashudev Nepali | 13 सेप्टेम्बर 2021

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देही कार्यालय समुधघाटन

रुपन्देही / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीले २०२१ सेप्टेम्बर १२, आइतबारका दिन तिलोत्तमा नगरपालिका, भुपुसैनिक मा आफ्नो जिल्ला सभा कार्यालय स्थापना गरेको छ । उक्त जिल्ला सभा कार्यालय समुधघाटन समारोह कार्यक्रममा जिल्ला सभाका अध्यक्ष कुलाविर घर्ति मगरको सभाध्यक्षतामा र एम एनओ का केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यलय लाई प्रमुख अतिथि मगरले रिवन काटेर उदघाटन गर्नु भएको थियो । भने सम्बोधन को क्रममा प्रमुख अतिथि मगरले ड गोपाल गुरुङ लाई बाहुन छेत्रीहरु ले साम दाम दण्ड भेद को नीति अपनाएर पनि गोपाल गुरुङलाई झुकाउन सकेनन आखिरकार भद्रगोल जेलमा सिंगो ८० प्रतिशत मूलवासी मंगोलहरु को साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन जन्माउनु भयो भन्ने आशय व्यक्त गर्दै जिल्ला सभा रुपन्देहीले आफ्नो कार्यालय स्थापना गरेको खुसि व्यक्त गर्दै संगठनका सम्पुर्ण कार्यकर्ताहरुलाई डा गोपाल गोपाल गुरुङ जस्तै नेता बन्नको लागि उहाको मन्तव्यमा प्रेरित गरेको पाइन्छ । कार्यक्रममा विशेष अतिथि एम एनओ का केन्द्रिय सदस्य चन्द्र कुमारी गुरुङ, लुम्बिनी प्रदेश सभा का सदस्य विर बहादुर गुरुङ, नवलपरासी जिल्ला सभाका सदस्य केवी गुरुङ लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा जिल्ला सभाका सदस्य चन्द्र बहादुर गुरुंङले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रमकै बिचमा प्रेम बहादुर गुरुङको अध्यक्षतामा एम एनओ तिलोत्तमा नगरपालिका वार्ड नम्बर ११ गठन पनि भएको छ । जसमा सचिव राजु गुरुङ, कोषाध्यक्ष लाल बहादुर राना, सह सचिव अनु गुरुङ सदस्यहरुमा राजकुमार गुरुङ, संजय थापा बिष्णु बहादुर उचाइ, मुस्कान बा कनाउजे, सिद्धार्थ गुरुङ, निरज खाड मगर, विनय गुरुङ, विशाल मगर, लिल बहादुर सारु, निर्मल कनाउजे गरि १३ सदस्यीय नवगठीत वडा सभा गठन भएको छ उक्त कार्यक्रम जिल्ला सभाका सचिव सलोन चिदी मगर ले संचालन गर्नु भएको थियो ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देही कार्यालय समुधघाटन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्