शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन झापामा बानिरा मेचे

mongolvision | 17 डिसेम्बर 2021

मंगोल नेशनल अर्गनाइजेशन झापामा बानिरा मेचे


झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको अध्यक्षमा बानिरा मेचे सर्बसहमतिले चयन हुनु भएको छ ।
बिहिवार १६ डिसेम्बरका दिन झापाको मेची नगर १०  धुलाबारी स्थित उद्योग  बारिज्य सभाहलमा ऎतिहासिक १४ औं झापा जिल्ला अधिबेशनको बन्द सत्रले मेचे लाई अध्यक्षमा सर्बसहमतिले चयन गरेको हो । १४ औं झापा जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक लासिमहाङ लिम्बुको अध्यक्षता एबम संगठनका केन्द्रिय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उदघाटन तथा बन्द सत्र कार्यक्रममा बिशिस्ट अतिथिमा संगठनका केन्द्रिय प्रवक्ता दिलिप धिमाल र वरिष्ठ केन्द्रीय सदस्य सान्तीलाल धिमाल रहनु भएको थियो भने अतिथिहरुमा केन्द्रीय सदस्यहरु राज कुमार गुरुङ , सान बहादुर मेचे , श्याम लिम्बू , मंगलसिह लिम्बू , मेलिना तामाङ , केन्द्रीय सल्लाहकारदय पदम नेम्बाङ , दिल बहादुर लिम्बू , बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साङ्पाङ ,  १ न प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङ , सचिब सागर राई ,सदस्यहरु देब नारायण धिमाल , रुद्र राइ रहनु भएको थियो ।
  ऎतिहासिक  १४ औं झापा जिल्ला अधिबेशनको उदघाटन सभा कार्यक्रम लाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङले सबै नेता कार्यकर्ताहरु लाई अब हुने चुनाव लाई मध्य नजर गर्दै त्यस अनुरुपका गतिविधि सचालन गर्न निर्देशन दिनु भयो  । त्यस्तै उहाले एम एनओको शक्ति लाई अब कसैले पनि रोक्न , छेक्न नक्ने दाबी गर्नु भयो । कार्यक्रममा बिशिस्ट अतिथि दिलिप धिमाल , अतिथिहरु सान बहादुर मेचे , श्याम लिम्बू , मंगलसिह लिम्बू , बैकल्पिक केन्द्रिय सदस्य देबेन्द्र साङ्पाङ , प्रान्तीय १ सभाका अध्यक्ष भास्कर चाम्लिङ लगायतले शुभकामना मन्तब राख्नु भएको थियो ।
कार्यक्रमको बन्द सत्रले अध्यक्ष सहित ३० सदस्य झापा जिल्ला सभा सर्बसहमतीले चयन गरेको छ । जसको सचिब , कोषाध्यक्ष , सह सचिब र प्रचार सचिबम क्रमश सागर दर्जि ,वीरबल योङ्हाङ ,भरत राई  र भानु धिमाल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा बुद्ध केदेम , राज कुमार लावती ,फुलमान तामाङ , छबिन्द्र तामाङ ,राम बि क , जानुका राई , चन्द्र लिङ्खिम , जयन मगर, छत्र खेवा ,प्रेम लिम्बू , डिल्ली योङ्हाङ , सुबास इधिगो , गुन्ज राना ,सन्तोष लिम्बू ,शिखा लिम्बू ,मनिला मेचे , इक्साहाङ याक्पादेन ,बुद्धहाङ फुरुबो र शैलेस केदेम रहनु भएको छ भने लासिमहाङ लिम्बू , श्रीप्रसाद लिम्बू ,सिद्दीकुमारी राई , राम चेमजोङ , मान बहादुर बराइली र राज कुमार तामाङ लाई जिल्ला सभाको सल्लाहकारमा चयन गरिएको छ । नव निर्वाचित पदाधिकारीहरु लाई कार्यक्रम का प्रमुख अतिथी तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम मा नि बर्तमान अध्यक्ष लासिमहाङ लिम्बू र कोषाध्यक्ष वीर बल योङ्हाङले क्रमश प्रगति विवरण र आर्थिक प्रतिबेन प्रस्तुत गर्नु भएको थियो । १४ औं जिल्ला अधिबेशन मुल आयोजक सभाका सदस्य सागर दर्जीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम मुल आयोजक सभाका सचिब बानिरा मेचेले सचालन गरेको थिइन ।

मंगोल नेशनल अर्गनाइजेशन झापामा बानिरा मेचे

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्