आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सर्बोच्च सभाको बैठक सम्पन्न

mongol vision | 3 मार्च 2021

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सर्बोच्च सभाको बैठक सम्पन्न

काठमाडौं / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्बोच्च सभाको सातौं बैठक संगठनको केन्द्रीय कार्यलयमा सम्पन्न भएको छ । संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्ध लाल मेचेको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न विषयहरुमा गहन छलफल गर्दै विभिन्न निर्णयहरु पारित गरेको छ । बैठकले आगमी दिनमा हुने जुन सुकै निर्वाचनमा के कसरी जाने भन्ने बारेमा गहन छलफल गरेको थियो । उक्त विषयमा सदस्यहरुले एम एनओ लोकत्रन्त्रमा विश्वास गर्ने संगठन भएकोले लोकतान्त्रिक विधिमा हुने जुन सुकै चुनावमा सहभागी हुनु पर्नेमा जोड दिनु भएको थियो साथै उहाँहरुले अबको चुनाव एम एनओले कसरी जित्न सक्छ भन्ने आ-आफ्नो राय राख्नु भयो । त्यस्तै संगठनका केन्द्रीय सदस्य बगलमान राईलाई पुन केन्द्रीय सदस्यमा पुन: पहाली गरिएको छ । राई केही समय अघि आफ्नो व्यवस्ताको कारण देखाउँदै बिदामा रहनु भएको थियो । बैठकले संगठनमा केन्द्रीय अनुशासन सभालाई मजबुद गर्दै सबै तहमा अनुशासनलाई कडा रुपमा लागू गर्नु पर्नेमा जोड दिएको छ । केन्द्रीय सर्बोच्च सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रेसिडेण्ट बुद्ध लाल मेचेले मंगोल जन समुदायहरुमा अब दुईवटा विकल्प मात्र रहेको बताउनु भयो । हामीसँग दुईवटा मात्र अब बिकल्प छ त्यो भनेको कि त हिन्दुवादलाई मान्दै आफ्नो सुम्पिने हो, होइन भने एम एनओको बाटो समाएर मंगोल अवस्थित्व सहित आफ्नो हकअधिकार प्राप्त गर्ने हो । उहाँले भन्नू भयो, "एम एनओका संस्थापक डा.गोपाल गुरुङ ज्युले ल्याउनुभएको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियतालाई संस्थागत गर्न तँपाइहरु तयार बन्नु पर्छ ।

मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सर्बोच्च सभाको बैठक सम्पन्न

बैठकमा केन्द्रीय मुल सचिब थम्मन बहादुर बुढा मगर, केन्द्रीय सचिव सन्तोष तामाङ , केन्द्रीय कोषाध्यक्ष आङदावा शेर्पा, केन्द्रिय सह-सचिव धनप्रकाश खिम्दुङ, केन्द्रीय प्रवक्ता दिलिप धिमाल, केन्द्रीय प्रचार प्रसार सचिव मणि पापो, वरिष्ठ केन्द्रीय सदस्यहरु शान्ति लाल धिमाल, सुर्यकुमार गुरुङ, दिलिप याङमा, केन्द्रिय सदस्यहरु गणेश चाम्लिङ, कल्पना थापा, राज कुमार गुरुङ, अकल तामाङ, सान बहादुर मेचे, श्याम लिम्बू, केशु रास्कोटी मगर, सान ठिलेन शेर्पा, गलिन्द्र योङ्हाङ, मन कुमार गुरुङ, केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय रिन्छेन दोर्जे तामाङ लगायतका पदाधिकारीहरुको उपस्थित रहेको थियो । बैठकमा केन्द्रीय मुल सचिब थम्मन बहादुर बुढा मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्