आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल नेशनल अर्गनाइजेशन प्रदेश नं. २ सभा गठन

Sandeep Sinjali | 12 डिसेम्बर 2018

मंगाेल नेशनल अर्गनाइजेशन प्रदेश नं. २ सभा गठन

बारा/ मंगाेल नेशनल अर्गनाइजेशन प्रदेश नं.२ सभाकाे प्रदेश सभा गठन यही १२ डिसेम्बर २०१८ मा बाराकाे सिमरामा सम्पन्न भएकाे छ । मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका प्रेसिडेन्ट  बुद्धलाल मेचे ज्युकाे प्रमुख अाथित्यमा सम्पन्न भएकाे उक्त कार्यक्रममा मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रीय  सभाका सदस्यहरू रिन्छेन दाेर्जे तामाङ, बैकल्पिक सदस्य प्रेम याङ्साङ, प्रदेश नं. ४ सभाका सचिब महेन्द्र दर्लामी लगाएत चितवत जिल्ला सभाका पदाधिकारीहरूकाे अाथित्य रहेकाे थियाे । 

उक्त भेलाले मंगाेल नेशनल अर्गनाइजेशनकाे २ नं प्रदेश सभा गठन गरेकाे छ। सर्ब सहमतीमा चयन भएकाे उक्त सभाले दिपक साहकाे अध्यक्षता बत्तीस सदस्यीय २ नं प्रदेश सभा गठन गरेकाे छ । उक्त नव गठित सभाका सचिब हिमानी तामाङ, काेषाअध्यक्षमा लाल घले, सहसचिबमा बुद्धिमान स्याङ्बाे, प्रचार सचिबमा ज्ञानु तामाङ, र सदस्यहरूमा सत्र बहादुर तामाङ, स्याम ढलान, मन बहादुर घिसिङ, नरेेेश कुमार शाह, शर्मिला तामाङ, राम बहादुर पाख्रिन, कृष्ण बहादुर श्रेष्ठ, सुजन स्याङ्बाे, रबि लामा, सुभाष पाख्रिन, रेम पुन, पुर्ण बहादुर तामाङ, बिजुला तामाङ, तारा तामाङ, लिशा घले, थगुमाया माेक्तान, सन्चमाया घिसिङ, प्रमिला थिङ, बिर बहादुुुर तामाङ, सन्त बहादुर मोक्तान, मन बहादुर तामाङ, रामकली महताे र राम नारायण महताे रहेका छन् ।

मंगाेल नेशनल अर्गनाइजेशन प्रदेश नं. २ सभा गठन

प्रदेश नं २ अन्तर्गत रहेका जिल्लाहरू सिराहा, सप्तरी, महाेत्तरी, बारा, पर्सा लगाएतका  िजल्लाका प्रतिनिधिहरूकाे बाक्लाे उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरूले नव गठित सभाका पदाअधिकारीहरूलाइ शुभकामना मन्तब्य दिनु भएकाे थियाे । प्रमुख अथिति मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका प्रेसिडेन्ट बुद्ध लाल मेचे ज्युले नव गठित पदाधिकारीहरूलाई शुभकामना दिदै नव  गठित सभाका पदाधिकारीलाइ पद तथा गाेपनियताकाे सपत ग्रहण गराउनु भएकाे थियाे ।

मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रीय सदस्य  रिन्छेन दाेर्जे तामाङले संचालन गर्नु भएकाे उक्त कार्यक्रमकाे अन्तमा नव गठित  सभाका अध्यक्ष दिपक शाहले सभाकाे तर्फबाट अाफ्नाे कार्यकालमा प्रदेश नं २ लाइ मंगाेल मय बनाउने प्रतिबद्धता  गर्नुभएकाे  िथयाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्