शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऎतिहासिक लेटाङ नगर अधिबेशन भब्य सम्पन्न

Mongol Vision | 2 डिसेम्बर 2021

मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऎतिहासिक लेटाङ नगर अधिबेशन भब्य सम्पन्न

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन लेटाङ नगर सभाको ऎतिहासिक प्रथम नगर अधिबेशन सम्पन्न भएको छ ।
    १ डिसेम्बर बुधबार मोरङको लेटाङ नगर पालिका ८ जाते बजार स्थित फलिबल खेल मैदानमा प्रथम ऎतिहासिक प्रथम नगर अधिबेशन मुलआयोजक सभाका संयोजक बिशाल लिम्बुको अध्यक्षता र संगठनका केन्द्रिय प्रवक्ता तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका सम्पादक दिलिप धिमालको प्रमुख आतिथ्यता एबम केन्द्रीय प्रचार प्रसार सचिब मणि पापोको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अतिथीहरुमा केन्द्रीय सदस्य सुरज फोम्बो  , १ न प्रान्तीय सभा सदस्य शिव कुमार राई ,मोरङ जिल्ला सभाका सचिब धन राज लिम्बू , जिल्ला कोषाध्यक्ष बल बहादुर राई , सदस्यहरु अबिनास राई , रबिन्द्र श्रेष्ठ , सुमन लिङ्देन , बिजय धिमाल , सुनबर्शी नगर सभाका अध्यक्ष सकुन्तला श्रेष्ठ , मिक्लाजुङ गाउँ सभा अध्यक्ष मिलन मोक्तान , पथरी नगर सभा अध्यक्ष टेक बहादुर मगर , बेलबारी नगर अध्यक्ष भिम राई लगायत रहनु भएको थियो । 
  ऎतिहासिक प्रथम नगर सभा कार्यक्रमको खुल्ला  घोषणा सभा कार्यक्रम सुरु हुन अघि सयौंको संख्यामा उपस्थित मंगोल नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले कार्यक्रम स्थलबाट र्याली गरेको थियो । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन , ऎतिहासिक प्रथम लेटाङ नगर अधिबेशन सफल पारौ जस्ता नारा लगाउदै जाते बजार परिक्रमा गरेर उक्त र्याली पुन कार्यक्रम स्थल आएको थियो ।
खुल्ला घोषणा सभा कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी धिमालले नेता कार्यकर्ताहरु लाई चुनाव केन्द्रित भएर काम गर्न निर्देशन दिनु भयो साथै संगठनको गतिविधि लाई तीब्र रुपमा अगाडि बढाउन समेत भन्नू भयो । त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि पापोले पनि निडर बनेर संगठनको काम गर्न सबै लाई अनुरोध गर्नु भयो । कार्यक्रमका केन्द्रीय सदस्य सुरज फोम्बो , १ न प्रान्तीय सभा सदस्य शिव कुमार राई , मिक्लाजुङ गाउँ सभा अध्यक्ष मिलन मोक्तान , पथरी नगर अध्यक्ष टेक बहादुर मगर , बेलवारि नगर अध्यक्ष भिम राई  र सुनबर्शी नगर अध्यक्ष सकुन्तला श्रेष्ठ लगायत पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर अधिबेशन कार्यक्रममा मंगोल कलाकारहरुले विभिन्न गित नृत्य प्रस्तुत गरेका थिए । मुलुकसिह लिम्बुले स्वागत मन्तव्य राख्नु भएको खुल्ला सभालाइ  मनिस लिम्बुले संचालन गरेका थिए । 
यसै बीच अधिबेशनको बन्द सत्रले विशाल राई को अध्यक्षतामा २१ सदस्यीय लेटाङ नगर सभा सर्बसहमतिले  चयन गरेको छ । नगर सभाको सचिब , कोषाध्यक्ष , सह सचिब र प्रचार सचिबमा क्रमश मुलुकसिह लिम्बू , बालिका कुरुबाङ , देबेन्द्र राइ र मनिस लिम्बू रहनु भएको छ भने सदस्यहरुमा गणेश तुम्सा , कल्पना राई , आस्था लिम्बू , भुमिका लिम्बू , निरज लावती , मगल लिम्बू , भबिन राई , अस्मिता मगर , तिर्थ माया तामाङ , सरिता लिम्बू , बिष्णु लिम्बू , ननिङा राई , सुस्मा धिमाल , तोपेन्द्र राई , मदन मगर , सपना मगर , पदम मगर रहेका छ्न । त्यस्तै भक्त थेगिम र डम्बर सिह राई लाई नगर सभाको सल्लाहकारमा चयन गरिएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऎतिहासिक लेटाङ नगर अधिबेशन भब्य सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्