शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेतको दोस्रो ऎतिहासिक अधिबेशनको कार्यक्रम सम्पन्न

mongolvision | 18 फेब्रुअरी 2023

मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेतको दोस्रो ऎतिहासिक अधिबेशनको  कार्यक्रम सम्पन्न



काठमाडौ /  मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेत दोस्रो ऎतिहासिक अधिबेशनको कार्यक्रम  सम्पन्न भएको छ । फेब्रुअरी १७  २०२३ का दिन दोस्रो अधिबेशन सम्पन्न भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष  रणद्रज लामा ,महासचिव दिल कुमार पाखिन लगायत विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु अतिथिरुपमा पाल्नु भएको थियो ।  अधिबेशनले सुब्बा फ्युबा तामाङको अध्यक्षतामा १२ सदस्यीय  मंगोल नेशनल अर्गनाइजेशन कुवेत प्रवास सभा  सर्बसहमतिमा चयन गरेको छ। अधिबेशनले  सचिवमा   रेनुका थुलुङ राइ, कोषाध्यक्ष आर्जन तमु , सह कोषाध्यक्ष: वाङ दोर्जे तामाङ, प्रचार  प्रसार सचिव: खुमान सिं थापा मगरलाई चयन गरेको छ भने सदस्यहरुमा क्रमश, कमाला बिश्वकर्म, रेनुका भुजेल, आकश तामाङ,पन्चमान घिसिङ,बिनोद मगर,र अरुण योन्जन रहनु भएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ साथै अबको अन्तिम विकल्प मंगोल नेशनल अर्गनाइजेशन रहेको भन्दै अत्यन्तै प्रभावकारी मन्तव्य राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्