आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभको नियमित बैठक सम्पन्न

Sirjana Mongol | 28 सेप्टेम्बर 2020

मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभको नियमित बैठक सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभामा नयाँ सदस्य नियुक्ति भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभाको मासिक नियमित बैठकको अवसरमा नयाँ सदस्य भएको छ । जसमा पथरी शनिश्चरे वड नम्बर २ का नन्द फागो लिम्बू त्यस्तै ३ नम्बर वडाका रामप्रसाद राई र वडा नम्बर ७ का नवीन किसोर नेम्बाङ रहेका छन् । पथरी शनिश्चरे नगर सभाआ अध्यक्ष टेकबहादुर मगरको सभाध्यक्षतामा बसेको उक्त नियमित बैठकमा एमएनओ प्रदेश नम्बर एकका सदस्य सोम तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने एमएनओ मोरङ जिल्ला सभाका सदस्य डम्बरबल तामाङ अतिथि रहेका थिए । कार्यक्रममा नवनियुक्त कार्यकर्तालाई प्रमुख अतिथि तामाङले खदा ओढाउनुका साथै सपथ ग्रहण पनि गराएका थिए । त्यसैगरी अतिथी डम्बरबल तामाङले नवनियुक्त सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उक्त मासिक नियमित बैठककै अवसर पारेर नगर सभाका कोषाध्यक्ष अनिता तामाङले वार्षिक प्रतिवेदन सार्वजनिक गरेकी थिइन् । अध्यक्ष टेकबहादुर मगरले संगठनको बिधान, निति नियमबारे प्रष्ट पार्दै नवनियुक्त सदस्यहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गरे भने नगर सचीव बिक्रम फेम्बू लिम्बूले उक्त नियम मासिक बैठक सञ्चालन गरेका थिए ।

मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभको नियमित बैठक सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्