Mongol Vision News | 21 मे 2019
तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको सक्रीयतामा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ कुशे वडा सभा गठन भएको छ ।
21 May मंगलबारका दिन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको अध्यक्षतामा जिल्लाको शुक्लागण्डकी नगरपालिका कुशे वडा स्थित भएको एकदिने खुल्ला मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रमको बीच चौँध सदस्यीय कुशे वडा सभा गठन भएको हो । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमश: विक्रम थापा मगर, शिव राना मगर, रेख बहादुर थापा मगर, पुनम गुरुङ र बेल बहादुर परियार रहेका छन भने सदस्यगरुमा गोबिन्द थापा मगर, धर्म सिंह थापा मगर, मन बहादुर राना मगर, धर्म सिंह थापा मगर, पदम बहादुर थापा मगर, तिलिमाया थापा मगर, पमौली थापा मगर, मुक्तिमाया थापा मगर, राम बहादुर थापा मगर र श्रीबहादुर थापा मगर रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभा सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सोम गुरुङ रहनु भएको थियो भने विशिष्ट अतिथिमा एमएनओ गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर गुरुङ रहनु भएको थियो भने अतिथिको रुपमा एमएनओ आबुखैरेनी गाउँ सभा अध्यक्ष कुमार काजी गुरुङ रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी गुरुङले मानव अस्तित्व लगायत देशको समसामयिक राजनिती र मंगोल राष्ट्रवादबारे उपस्थित मंगोलप्रेमी लोकसमुदायहरुलाई प्रष्ट पार्नु भयो । यसैगरी कार्यक्रममा तनहुँ जिल्ला सबहा सदस्य प्रताप रानाको स्वागत मन्तव्य संगै शुरूवात भएको कर्याकर्ता गण्डकी प्रदेश सभा प्रचारप्रसार सचिव अनिता थापा मगरले सन्चालन गरेकि थिईन ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology