शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन तेस्रो दाङ जिल्ला अधिबेशन भब्य रुपले सम्पन्न

mongol vision | 14 मार्च 2021

मंगोल नेशनल अर्गनाइजेशन तेस्रो दाङ जिल्ला अधिबेशन भब्य रुपले सम्पन्न

दाङ / मंगोल नेशनल अर्गनाइजेशन दाङ जिल्ला सभाले आफ्नो तेस्रो जिल्ला अधिबेशन भब्य र सभ्य रुपले सम्पन्न गरेको छ ।

१३ मार्च शनिबार दाङको सदरमुकाम घोराही बजार स्थित नयाँ बस पार्कको मगर भवनको परिसरमा तेस्रो दाङ जिल्ला अधिबेशनको खुल्ला घोषणा सभा सम्पन्न भएको हो । तेस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक अमर बुढा मगरको सभा अध्यक्षता एवं संगठनका केन्द्रीय मुल सचिब थम्मन बहादुर बुढा मगर प्रमुख अतिथ र केन्द्रीय प्रवक्ता दिलिप धिमाल तथा केन्द्रिय सदस्य कल्पना थापा मगरद्वय बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । खुल्ला घोषणा सभा कार्यक्रम सुरु हुन अघि घोराही उप महानगर पालिका घोराही बजार स्थित ट्राफिक चोकबाट विभिन्न झाकी सहित एक विशाल मंगोल र्‍याली सम्पन्न भएको थियो । लोकतन्त्र हाम्रो प्राण हो, धर्म निरपेक्ष हाम्रो मुटु हो, प्रान्तीय हाम्रो अंग हो, संबिधानमा मुलबासी मंगोल लेख, अराष्ट्रिय झन्डा बदली गर, एम एनओ जिन्दावाद, डा.गोपाल गुरुङ अमर रहुन्, तेस्रो दाङ जिल्ला अधिबेशन सफल पारौ लगायत नाराहरु हजारौंको संख्यामा सहभागी मंगोल जनसमुदाय लगाउदै घोराही बजार मंगोलमय बनाएका थिए । र्‍यालि ट्राफिक चोक हुँदै कार्यक्रम स्थलमा आइ सभामा परिणयत भएको थियो ।

मंगोल नेशनल अर्गनाइजेशन तेस्रो दाङ जिल्ला अधिबेशन भब्य रुपले सम्पन्न

खुल्ला घोषणा सभा कार्यक्रमलाई संबोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय मुल सचिब थम्मन बुढा मगरले अबको समय मंगोलहरुको भएकाले सक्रिय भएर संगठनमा काम गर्ने समय भएको बताउनु भयो । त्यस्तै उहाँले निडर बनेर अघि बढन सबै नेता कार्यकर्ताहरुलाई आह्वान गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय प्रवक्ता दिलिप धिमालले मंगोल अस्तित्व र अधिकारको लागि अबको बिकल्प भनेको एम एनओ मात्र रहेकाले सबै मंगोल जनसमुदायहरु यसैमा आवद्ध हुनु पर्नेमा जोड दिनु भयो । त्यस्तै उहाले नव निर्बाचित जिल्ला सभा पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना प्रदान गर्नु भयो । कार्यक्रमका केन्द्रीय सदस्य कल्पना थापा मगर, केशुरासकोटि, शिबजित गुरुङ, करणसिह नेपाली, लाल बहादुर दर्लामी, तेज कुमारी आले, राज छन्त्याल, लुम्बिनी प्रदेश सभा अध्यक्ष दिपक थापा, सदस्य घनश्याम चौधरी र गण्डकी प्रदेश सभा सह सचिब अनिता थापा मगर लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सल्लाहकार देब थापा, मंगोल अनलाइन टिभिका पत्रकार अर्जुन लिम्बु, मंगोल भिजनका समाचार दाता शृजना गुरुङको पनि उपस्थिति रहेको थियो । १२ मार्चमा भएको तेस्रो जिल्ला अधिबेशनको बन्द सत्रले पृतम चौधरीको अध्यक्षतामा ४४ सदस्यिय दाङ जिल्ला सभा निर्माण गरेको छ । नव निर्बाचित जिल्ला सभा पदाधिकारीहरुलाई कार्यक्रमका अतिथीहरुले खदा लगाइ शुभकामना प्रदान गरेका थिए । जिल्ला सदस्य कल्पना चौधरीले स्वागत मन्तव्य राख्नु भएको खुल्ला सभा कार्यक्रमलाई पृतम चौधरी र प्रीन्स घर्ती मगरले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्