शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको तेस्रो ऐतिहासिक अधिवेशन भब्य रुपमा सम्पन्न

mongolvision | 16 मार्च 2023

मंगोल नेशनल अर्गनाइजेशन तनहुँ  जिल्ला सभाको तेस्रो ऐतिहासिक अधिवेशन भब्य रुपमा सम्पन्न

 

दमौली / मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको ऎतिहासिक तेस्रो जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । बुधबार चैत १ गते सदरमुकाम स्थित अन्सन चौतारा खेल मैदानको प्रागढमा अधिबेशन भब्य रुपमा सम्पन्न भएको हो । संगठनका केन्द्रीय सचिब सन्तोष तामाङ तामाङको प्रमुख आतिथ्यता एबम केन्द्रीय प्रचार प्रसार सचिब मणि पापो लिम्बुको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  हजारौं मंगोल जन समुदायहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम सुरु हुनु अघि एम एनओको नाराहरु सहित विशाल मंगोल र्याली गरिएको थियो । कार्यक्रम स्थल बाट सुरु भएको र्यालिमा  लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , लोकतन्त्र बिरोधी होसियार , , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन ,ऎतिहासिक तेस्रो तनहुँ जिल्ला अधिबेशन सफल पारौं जस्ता नारा हरु लगाइएको थियो । र्याली खेल मैदान हुँदै मालपोत लाइन ,गणेशमान चोक ,भाद गाउँ , गल्बु बेसि , भेटघाट चोक हुँदै पुन कार्यक्रम स्थलमा आएको थियो ।
फागुन२८ गते  तदनुसार १२मार्च,२०२३ का दिन जिल्ला अधिवेशनको बन्दसत्रबाट युवा नेतृ सुस्मा आलेको अध्यक्षतामा २ सल्लाहकारसहित २५ सदस्यीय तनहुँ जिल्ला सभा सर्बसहतीमा चयन हुनु भएको थियो । उहाहरु लाई कार्यक्रमका प्रमुख अतिथि तामाङले पद तथा गोपनियताको सपथ गराउदै खदा लगाइ सम्मान गर्नु  भयो ।  सर्बसहमतीमा चयन हुनु भएको जिल्ला पदाधिकारीहरुमा    सचिवमा भिम बहादुर थापा मगर, कोषाध्यक्षमा बसन्ती आले, सह-सचिवमा शम्भु राना मगर, प्रचार प्रसार सचिवमा याम बहादुर गुरुङ र सदस्यहरुमा विष्णु माया आले, कल्पना राना मगर, जुन बहादुर थापा मगर, तुलचन थापा मगर,गुमा कुमारी( सोनी) राना मगर,तुल बहादुर गुरुङ, अमर गुरुङ, पर्शुराम थापा मगर, ,भिम ठाडा मगर, होम बहादुर थापा मगर,बुद्धि गुरुङ,भिम बहादुर लामा,रन्जित आले, प्रकाश थापा मगर, होम माया थापा मगर, सुमन थापा मगर, मधुकर थापा मगर, शक्ति राना मगर, रन बहादुर खवास मगर र रुद्र बहादुर थापा मगर  रहनुभएको छ ।
तेस्रो अधिबेशन मुल आयोजक सभाका  संयोजक प्रेम बहादुर थापा मगरको सभाधक्ष्यतामा भएको कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु सान बहादुर मेचे र रिन्छेन तामाङ , केन्द्रीय सदस्यहरु प्रेम छिरी शेर्पा , शिव बहादुर गुरुङ , प्रबिना थापा, गण्डकी प्रान्तीय सभा अध्यक्ष नवीन गुरुङ लगायत प्रान्तीय सभा सदस्यहरु , विभिन्न जिल्ला  तथा गाउँ नगर सभाका प्रतिनिधिहरु रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै महामनव ड. गोपाल गुरुङज्युले मूलबासी मंगोलहरुको अधिकार र अस्तित्व स्थापित गराउनका लागि आफ्नो जीवन समर्पण गर्नुभएको कुरा जगजाहेर गर्दै मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर त्यागी बनेर महामानव ड. गोपाल गुरुङलाई न्याय दिनुपर्ने कुरामा जोड दिनुभयो
कार्यक्रममा बिशिस्ट अतिथि मणि पापो , केन्द्रीय सदस्यहरु सान बा मेचे , रिन्छेन तामाङ , प्रेम छिरी शेर्पा , शिव बहादुर गुरुङ , प्रबिना थापा मगर , गण्डकी प्रान्तीय सभा अध्यक्ष नवीन गुरुङ , सल्लाहकार देब थापा , म्यादी जिल्ला अध्यक्ष डि के पुन र चितवन जिल्ला अध्यक्ष टेक बा तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा मंगोक गित नित्य प्रस्तुत गरिएको थियो  ।  शम्भु राना मगरले स्वागत मन्तव्य राख्नुभएको तेस्रो जिल्ला अधिबेशन कार्यक्रम  सुस्मा आले मगरले सञ्चालन गर्नुभएको थियो।

मंगोल नेशनल अर्गनाइजेशन तनहुँ  जिल्ला सभाको तेस्रो ऐतिहासिक अधिवेशन भब्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्