आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशन उदाउदो शक्ति हो - रिन्चेन दोर्जे तामाङ

mongol vision news | 23 जनवरी 2020

मंगोल नेशनल अर्गनाइजेशन उदाउदो शक्ति हो - रिन्चेन दोर्जे तामाङ

बाग्मती प्रदेश, धादिङ/23 जनवरी मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा दक्षिण धादिङ अवस्थित गजुरी गाउपालिका -7, किरान्चोक पेटारेमा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एम.एन.ओ. तदर्थ गजुरी गाउपालिका सभाका अध्यक्ष बुद्दिमान तामाङको अधक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुखा आतित्यथा रहेको थियो । स्थानीय मुलबासी मंगोलहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मंगोल नेशनल अर्गनाइजेशनको स्थापनाकाल देखि बिगत बर्तमान र भबिष्य नेपाली राजनीतिमा खेल्ने भुमिकाको बिषयमा प्रस्टाउदै लोकतान्त्रिक समाजवाद ब्यबस्थामा आधारित समानता, स्वतन्त्रता र भातृत्वलाइ कायम गराउने लक्ष्यले गन्तब्य छिचोल्ने र नेपाली राजनीतिको उदाउँदो शक्ति भएको कुरा लाई जोड दिनु भयो ।

मंगोल नेशनल अर्गनाइजेशन उदाउदो शक्ति हो - रिन्चेन दोर्जे तामाङ

कार्यक्रममा विशेष अतिथी एम.एन.ओ. जिल्ला सभा धादिङका अध्यक्ष सन्तोष कुमार तामाङ, अतिथिहरु एम.एन.ओ. गोरखा जिल्ला सभाका पुर्व सदस्य तेम्बा घ्याल्जेन, एम.एन.ओ. धुनिवेशि नगर सभाका अध्यक्ष सुनिल तामाङ लगायतको उपस्थिति रहेको थियो । एम.एन.ओ. तदर्थ गजुरी गाउपालिका सभाका सचिव शक्त तामाङले संचालन गर्नु भएको कार्यक्रममा स्थानिय युवा रबिलाल तामाङको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम कै अवसरमा 12 सदस्यीय एम.एन.ओ. गजुरी -7, नम्बर वडा सभा बिकास तामाङको अध्यक्षतामा गठन भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्