बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सभाको पाँचौ बैठक सम्पन्न

mongolvision | 11 मार्च 2022

मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सभाको पाँचौ बैठक सम्पन्न


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाको पाँचौ नियमित  बैठक सम्पन्न भएको छ ।
१०  मार्च २०२२ फागुन २६ गते बिहिवार काठमाडौको बौद्ध स्थित याङग्रीमा होटलको सभाहलमा   सम्पन्न भएको हो ।  संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचेको अध्यक्षतामा नियमित  बैठक  सम्पन्न  भएको  हो ।  ८० प्रतिशत  मूलबासी मंगोलहरुको अस्तित्वको  निम्ति  अगाडि  बढ्न  महत्वपूर्ण  निर्णयहरु सहित  बैठक  सम्पन्न  भएको  संगठनका केन्द्रिय  सभाका प्रवक्ता  दिलिप धिमालले जानकारी  दिनुभयो । बैठक ले संगठनका केन्द्रीय सल्लाहकार मान बहादुर राइको दु:खद निधन प्रती शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै सचिब सन्तोष तामाङले कार्य प्रगती प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष आङदावा शेर्पाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयो ।

बैठकमा प्रान्तीय  सभाका अध्यक्षहरुले आ आफनो प्रदेशको प्रगती विवरण प्रस्तुत गर्नु भयो । बैठकले  आसन्न  स्थानीय  निर्वाचनमा  सफलता  हासिल गर्ने के कस्ता कार्यहरु गर्नु पर्ने बिषय केन्द्रीय पदाधिकारीहरुले गहन छलफल गर्नु भएको थियो . बैठक मुल सचिब थमन बहादुर बुढा मगरले सचालन गर्नु भएको थियो । 

मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सभाको पाँचौ बैठक सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्