Mongol Vision | 25 फेब्रुअरी 2025
दमौली/तनहुँ ,मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाको दोस्रो नियमित बैठक सम्पन्न भएको छ ।
दिनांक २४ फेब्रुअरी २०२५, फाल्गुन १२ गते सोमबारका दिन तनहुँ जिल्लाको दमौली बजारको व्यास नगर पालिका वडा नं ४ स्थित संगठनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको सभाध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा केन्द्रिय कार्यकारणी सभाका सदस्यहरू मूलसचिव सन्तोष तामाङ ,सचिव मणि पापो लिम्बू, सहसचिव सान मेचे, कोषाध्यक्ष धन प्रकाश खिमदुङ,प्रवक्ता रिन्छेन तामाङ र प्रचार प्रसार सचिव श्याम लिम्बू लगायत केन्द्रीय सर्वोच्च सभाका सदस्यहरु ,केन्द्रिय सभा सदस्यहरु र प्रान्तीय सभाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष एवम् संगठनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले संगठनको पाँच क्रान्ति स्वरूप दीप प्रज्वलन साथै महामानव सिदाहा बुद्ध र महामानव डा गोपाल गुरुङ ज्यूको तस्वीरमा फुल अर्पण गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
उक्त केन्द्रीय बैठकमा संगठनका आफ्नो जिम्मेवार पाएका केन्द्रीय कार्यकारणी सभाका सदस्यहरू, केन्द्रका विभिन्न आयोग र विभागका संयोजक साथै प्रान्तीय सभाका प्रमुख व्यक्तिहरूले संगठनको गतिविधिहरु बारे आफ्नो कार्यविवरणहरु प्रस्तुत गरेका थिए।
केन्द्रीय बैठकको अन्त्यमा कार्यक्रमको सभाध्यक्ष श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले कार्यकर्ताहरू माझ आफ्नो महत्वपूर्ण सम्बोधन गर्दै संगठनको ऐतिहासिक निर्माणधिन कार्य ईलाममा बन्दै गरेको (Mongol Museum Sandakpur office) योजनाहरुलाई आर्थिक ,भौतिक र नैतिक समर्थन र बलिदान दिएर सफल पार्यौ भने मात्र आगामी दिनमा नेवाली जनताले एमएनओ लाई विश्वास गर्ने आधार दरिलो बन्नेछ र मंगोल नेसनल अर्गनाइजेशनले चुनाव सजिलै सँग जितिने कुराहरू बताउनु भएको थियो।
कार्यक्रमलाई केन्द्रीय सचिव मणि पापो लिम्बुज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने संगठनका केन्द्रीय मूलसचिव सन्तोष तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology