मंगोल नेशनल अर्गनाइजेशनले चुनावी प्रयोजनको निम्ति दल दर्ता गर्यौ | 11 अगस्ट 2022
काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्बाचनमा सहभागी हुन दल दर्ता गरेको छ ।
संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको नेतृत्व बिहीवार काठमाडौ स्थिति कान्ति पथमा रहेको निर्बाचन आयोगमा पुगि दल दर्ता गरेको हो । सरकारले र प्रतिनिधि र प्रदेश सभा सदस्य निर्बाचन आगमी मंसिर ४ गते गर्ने घोषणा गरे पछि आफ्नो संगठनले पनि निर्बाचन प्रयोजनको निम्ति दल दर्ता गरेको केन्द्रीय प्रवक्ता दिलिप धिमालले बताउनु भयो । दल दर्ता कार्यक्रममा संगठनका केन्द्रीय सचिब सन्तोष तामाङ , केन्द्रीय कोषाध्यक्ष आङ दावा शेर्पा , केन्द्रीय प्रवक्ता दिलिप धिमाल , केन्द्रीय प्रचार प्रसार सचिब मणि पापो लिम्बू , केन्द्रीय सदस्यहरु रिन्छेन तामाङ , सोम गुरुङ , धनमाया तामाङ , मोहन मगर ,रुबेन श्रेष्ठ , जोनि बि क , बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ ,सचिव कुमार तामाङ , कोषाध्यक्ष सालिक मगर , सदस्य सन्तोष कुमार तामाङ , काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ , सिन्धुली जिल्ला सभा अध्यक्ष सान्त वीर लामा,सल्लाहकार बोर्जन लामा , धादिङ जिल्ला सभा अध्यक्ष धर्म राज सेन्दन , प्रचार सचीव मिसाङ तामाङ , सदस्य सुनिल तामाङ , लम्जुङ जिल्ला सभा अध्यक्ष बिकास गुरुङ , गोर्खा जिल्ला सदस्य तेम्बा ग्याल्जेन , काभ्रे जिल्ला सदस्यदय चन्द्र तामाङ , अक्कल तामाङ र नुवाकोट जिल्ला सदस्य सुरेन्द्र तामाङ लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology