सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशनले  कालो टीका लगाउदै देशभरी दसै  बहिस्कार गर्यो

mongolvision | 15 अक्टोबर 2021

मंगोल नेशनल अर्गनाइजेशनले  कालो टीका लगाउदै देशभरी दसै  बहिस्कार गर्यो


झापा / हिन्दुहरुको महान चाड  कथित दसै लाई मंगोल नेशनल अर्गनाइजेशनले देश भरी नै कालो टीका लगाउदै बहिस्कार गरेको छ ।
शुक्रबार तथाकथित दसैको दिन संगठनले देशै भरी कालो टीका लगाइ शोक सभा गर्दै बहिस्कार गरेको केन्द्रीय सचिब सन्तोष तामाङले मंगोल भिजन लाई जानकारी गराउनु भएको छ । उहाका अनुसार एम एनओले हरेक बर्ष तथाकथित दसैको दिन आफ्ना पुर्खाहरुको पतन भएको दिनको सम्झनामा शोक सभा गर्दै यो दिनको सम्झना गर्ने गरिरहेको बताउनु भयो । झापाको मेची नगर २मा रहेको बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरमा संगठनका प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यता दसै बहिस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सभा सचिब सन्तोष तामाङ लगायत केन्द्रीय सदस्यहरु , १ न प्रान्तीय सभाका पदाधिकारीहरु , जिल्ला सभा, गाउँ नगर सभाका नेता कार्यकर्ता एबम सुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
दसै बहिस्कार कार्यक्रममा प्रमुख अतिथी प्रेसिडेन्ट मेचेले दसै बहिष्कार किन गर्नु परेको र एम एमओले यो अभियान किन गरिरहेको बारेमा बताउनु भयो । उहाले कार्यक्रममा सहभागी सबै लाई सामुहिक रुपमा कालो टीका लगाइ दिनु भएको थियो ।
त्यसै संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको प्रमुख आतिथामा रुपन्देहीको बुटवलमा दसै बहिस्कार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । त्यस्तै संगठनका केन्द्रिय सदस्यहरुको उपस्थितिमा विभिन्न जिल्ला तथा गाउँ नगर सभाहरुमा तथाकथित दसै बहिष्कार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्