Mongol Vision | 10 सेप्टेम्बर 2025
मंगोल नेशनल अर्गनाइजेशनले मुलुकमा भएको घटना प्रती दु:ख ब्यक्त गर्दै निकाल्यो प्रेस विज्ञप्ति।
काठमाडौ / मुलुकमा भएको पछिल्लो घटना प्रती मंगोल नेशनल अर्गनाइजेशनले दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ । संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेद्वारा जारी प्रेस विज्ञप्तिमा आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ भनिएको छ । मुलुकमा पंच्यात काल देखि लोकतन्त्र , धर्मनिरपेक्ष, प्रान्तीय सरकार र मानव अधिकारको मुद्दा उठाउँदै व्याप्त बेरोजगार ,भ्रष्टाचार ,जनता माथी भएको दमन, शोषण ,अन्याय अत्याचारको अन्तयको निम्ति एमएनओ निरन्तर संघर्ष गर्दै आएको जिकिर गर्दै “Gen Z” को आन्दोलनले सरकार घुडा टेक्न बाध्य भए सगै नयाँ सरकार निर्माणको बाटो खुलेको र यो क्रान्ति (Regime Change) रिजिम चेन्जको मात्र नभई आमूल परिवर्तन हुनु पर्ने विज्ञप्तिमा भनिएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology