बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल नेशनल अर्गनाइनेशन ले मनायाे युग पुरूष डा.गाेपाल गुरूङकाे ८४ अाै जन्म जयन्ती ।

Mongol Vision News | 27 जूलाई 2019

मंगाेल नेशनल अर्गनाइनेशन ले मनायाे युग पुरूष डा.गाेपाल गुरूङकाे ८४ अाै जन्म जयन्ती ।

२७ जुलाइ २०१९

केन्द्रीय सभा काठमाण्डाै

मंगाेल नेशनल अर्गनाइजेसन केन्द्रीय सभाकाे अायाेजनामा युग पुरुष डाक्टर गोपाल गुरुङको ८४ औं जन्न्मदिवश काठमाडौं को गोङ्गबु स्थित तमु ह्युल छोज धि को सभा हलमा सम्पन्न भएको छ।काठमाडौं जिल्ला सचिब सुरेश तामाङ को सभाध्यक्षता साथै संगठनका केन्द्रिय मुलसचिव थमन बहादुर बुढा मगर को प्रमुख आतिथ्यतामा सम्म्पन्न भएको हो।कार्यक्रम लाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि मगरले डाक्टर गोपाल गुरुङको जन्म दिवश लाई सम्पुर्ण 80% अहिन्दु मुलवासी मोङ्गोल्हरुको जन्मउत्सव को रूपमा मान्नुपर्ने बताउनु हुदै शुभकामना व्यक्त गर्नुभयो ।यसैगरी कार्यक्रम का बिशेश अतिथि संगठनका बरिस्ठ केन्द्रिय सदस्य थुप्तेन लामाले गुरुङ सङ्ग राजनीतिक यात्रामा समकालीन मित्र भएर बिताएको क्षण सम्झनु हुँदै डाक्टर गोपाल गुरुङको युगौ युग यसरी नै जन्मोत्सव मनाइरहने दृढता व्यक्त गर्नु भयो ।जन्मदिवश कै अबशरमा कार्यक्रम का अतिथि संगठनका केन्द्रिय सर्बोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङ ले डाक्टर गोपाल गुरुङको महान बाणिले मङ्गोल मुक्ति को ढोका खुलिसकेकोले उहाँ ब्यक्तित्वोको रूपमा बाचिरनुभयको कुरालाई इतिहास ले प्रमाणित गरिसकेको बताउनु भयो ।यसैगरी संगठन का केन्द्रिय सदस्यहरू :भक्त खपाङी मगर ,सोमबहादुर गुरुङ्,रुबेन श्रेष्ठ ,जोनि बिक,धनमाया तामाङ ,मेन लामा ,अरुणा थामि,मोहन मगर ,प्रदेश नम्बर ३ का अध्यक्ष लाक्पा तामाङ ,सचीव राजेन्द्र तामाङ ,कोसाध्य्क्ष कुमार तमङ,प्र.प्र सचिब सालिक थापा मगर ,प्रदेश १ का प्र.प्र सचिब उत्तम पुलामी मगर ,३ नम्बर प्रदेश सभाको सदस्यहरू :सागर आले मगर ,बिराज घिसिङ ,जिल्ला सभा दोलखा अध्यक्ष निमा घिसिङ ,जिल्ला सभा उदयपुर अध्यक्ष जङ्ग राना मगर ,जिल्ला सभा रामेछाप अध्यक्ष सिपि घिसिङ ,जिल्ला सभा काभ्रे कोसाध्यक्ष श्याम तामाङ लगायतका अतिथीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जिल्ला सभा म्याग्दी, बेनी

मंगोेल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको आयोजनामा म्याग्दीको बेनीमा मंगोल पिता अमर युग पुरुष डा.गोपाल गुरुङ्ग ज्यूको ८४ औँ जन्मोत्सव भव्य कार्यक्रमका साथ मनाईएको छ साथै उक्त अवसरमा एकदिने खुला परिचात्मक प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । अध्यक्ष चित्रबहादुर जुग्जालीको अध्यक्षता, प्रमुख अतिथी तथा प्रशिक्षक गण्डकी प्रदेश सभाका सदस्य कुशल रोका मगर विशिष्ट अतिथी गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी र अतिथीहरुमा संगठनको विभिन्न नगर सभा, वडा सभा तथा टोल सभाहरुबाट पनि अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थीती रहेको थियो। कार्यक्रम जिल्ला सभाका सचिंव ओमविकास पुनमगरले संचालन गर्नु भएको थियो, स्वागत मन्तव्य जिल्ला सभा म्याग्दीका कोषाध्यक्ष जयन्द्र रोकामगरले राख्नु भएको थियो भने जिल्ला सभा सदस्यहरु दिपक मंगोल र दिके पुन मगरले मन्तव्य राख्नु भएको थियो, मगर संघ म्याग्दीका सल्लाहकार नरबहादुर थापा मगरले संगठनलाई शुभकामना सहित मन्तव्य दिनु भएको थियो भने प्रमुख अतिथी तथा प्रशिक्षक कुशल रोका मगरले मंगोल अस्तित्व र मंगोल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण गराउनु भएको थियो, त्यसैगरी विशिष्ट अतिथी गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामीले मंगोल राष्ट्रबाद सम्वन्धी थप प्रस्ट पार्नु भएको थियो। अध्यक्ष जुग्जालीले म्याग्दीलाई मंगोलमय बनाउनको लागी ठोस योजना तथा कार्ययोजना बनाएर गाँउगाउँमा, बस्तीबस्तीहरुमा पुगेर मंगोलहरु जगाउँने प्रतिबद्धता जनाउनु भयो। जन्मोत्सव कार्यक्रम संगठनको आफ्नै कार्यलयमा सम्पन्न भएको थियो भने प्रशिक्षण कार्यक्रम छन्त्याल संघ म्याग्दीको भवनमा सम्पन्न भएको थियो।

 

जिल्ला सभा पाल्पा

मंगाेल नेशनल अर्गनाईजेशन जिल्ला पाल्पा को आयोजनामा mno का फाउण्डर प्रेसिडेन्ट युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युको 84 औं जन्मोत्सव ता न पा 2 नारनथान स्थित पाल्पा जिल्ला सभा को कार्यालय मा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।पाल्पा जिल्ला सभा अध्यक्ष तोप खाम्चाको अध्यक्षता थियोे भने संगठनका केन्द्रिय सदस्य तथा अनुशासन सभाका सदस्य लालबहादुर दर्लामी को प्रमुख आतिथ्यता थियोे भने संगठनका केन्द्रिय सदस्य जयकली दर्लामिको बिशिस्ट आतिथ्यता थियोे।अतिथि मा जिल्ला सभाका,गाउँ सभा तथा नगर सभाका पदाधिकारी हरुको उपस्थिति थियो ।प्रमुख अतिथी दर्लामिले डा. गोपाल गुरुङ ले आफ्नो जीवन सम्पुर्ण मानव मुक्ती को लागि संघर्ष र योगदानको बारेमा बताउनु भयो।मन्तव्य मा बिशिस्ट अतिथी जयकली दर्लामी पनि युग पुरुष अमर डा. गोपाल गुरुङ बारे आफ्ना महत्त्वपूर्ण भनाइ बताउनु भयो।कार्यक्रम सङ्चालन जिल्ला सभा पाल्पाका सचीव पुरन दर्लामिले गर्नु भयो।

मंगाेल नेशनल अर्गनाइनेशन ले मनायाे युग पुरूष डा.गाेपाल गुरूङकाे ८४ अाै जन्म जयन्ती ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्