शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण साथै तदर्थ शिवसताक्षी नगरसभा गठन

Baneera Mongol Meche | 19 मे 2019

मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण साथै तदर्थ शिवसताक्षी नगरसभा गठन

झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको अायोजनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिले स्थित साकेला भवनमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम साथै तदर्थ शिवसताक्षी नगरसभा गठन भएको छ । 19 May 2018 का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचे ज्यूको प्रमुख अातिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथिमा केन्द्रीय वैकल्पिक सदस्य देवेन्द्र सामपाङ रहनुभएको थियो । कार्यक्रममा उपस्थित मूलवासी लोकसमुदायलाई कार्यक्रमका प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक सान बहादुर मेचे ज्युले मानव वंशजको उत्पतिको विषयमा, देशको वास्तविक इतिहासको बारेमा साथै अहिन्दु मूलवासी मंगोलहरुलाई मास्नको निम्ति हिन्दु अार्यहरुले शब्दरुपी हतियारको रुपमा प्रयोग गर्ने मतवाली, किराँती, अादिवासी, जनजातिको इत्यादिबारे सही अर्थ स्पष्ट रुपमा बुझाउनुहुदैँ मंगोल राष्ट्रवादको विषयमा पनि प्रष्ट पार्नु भयो । त्यस्तै देशको समसामयिक घटनाको विषयमा लिखित र मौखिक दुवै तरिकाबाट प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि देबेन्द्र सामपाङ र कमल गाउँ सभाका अध्यक्ष प्रेम लिम्बूले पनि अाफ्नो भनाइहरु राख्नुभएको थियो ।

मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण साथै तदर्थ शिवसताक्षी नगरसभा गठन

 उक्त कार्यक्रमकै अवसरमा होमिन राईको अध्यक्षतामा १३ सदस्यीय तदर्थ शिवसताक्षी नगर सभा गठन गरेको छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः अायुष्मा राई, निरु राई र धन बहादुर गजमेर रहेका छन् भने सदस्यहरुमा निसन राई, समिरा घिसिङ, खेमराज राई, लक्की योल्मो तामाङ, लव कुमार घिसिङ, सन्चाङ फागेरु, लक्ष्मी सम्हाम्फे र सल्लाहकारमा नरविर स्याङ्बो रहेका छन् । उक्त कार्यक्रमलाई जिल्ला प्रचारसचिव भरत राईले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्