शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल राष्ट्रवाद दिन दुई गुणा रात चार गुणा हुँदै फैलिरहेको छ - सान मेचे

Mongol Vision News | 11 जनवरी 2020

मंगोल राष्ट्रवाद दिन दुई गुणा रात चार गुणा हुँदै फैलिरहेको छ - सान मेचे

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको पहलमा मोरङको सुनवर्शी वडा ८ स्थित खराईवारी टोलमा स्थानीय मंगोलप्रेमी कन्हैयालाल गनगाईको विशेष सक्रियतामा आज एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

       जगदीश प्रसाद सिंहको सभाध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकको रुपमा संगठनका केन्द्रीय सदस्य सान मेचे रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा एमएनओ सुनवर्शी नगरसभाका अध्यक्ष महेन्द्र राजवंशी रहनु भएको थियो । तराईका मूलवासी मंगोल समुदायहरुको उल्लेखनीय उपस्थितिको बीच प्रमुख अतिथी तथा प्रशिक्षक मेचेले मानव अस्तित्व लगायत मंगोल राष्ट्रवाद सम्बन्धि लिखित तथा मौखिक रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । मंगोल राष्ट्रवाद र मंगोल नेशनल अर्गनाइजेशनलाई रोक्न हिजो देखि आजसम्म विभिन्न षड्यन्त्र हुँदै आएता पनि मंगोल राष्ट्रवाद दिन दुई गुणा, रात चार गुणा हुँदै देशभर फैलिएको कुरामा मेचेले जोडदिनु भएको थियो ।

     

मंगोल राष्ट्रवाद दिन दुई गुणा रात चार गुणा हुँदै फैलिरहेको छ - सान मेचे

 "फुटाउ अनि राज गर" बाहुन क्षेत्रीको चाणक्य नितिले गर्दा मंगोलहरु विभिन्न जातजातिमा विभाजित भई अस्तित्व विहिन भएका छौं । जसको अन्त्यको लागी नै युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले मंगोल दर्शन प्रतिपादन गर्नु भएको कुरा उहाँले बताउनु भएको थियो । प्रशिक्षकै क्रममा उहाँले मंगोलहरुको मुक्तिको अन्तिम विकल्प सम्पुर्ण ८०% अहिन्दू मूलवासी मंगोलहरुको साझा घर मंगोल नेशनल अर्गनाइजेशन मात्र रहेको कुरा पनि बताउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा सुन्दर हरैचा नगर सभाका सदस्य अकमल हुसेन लगायत सुनवर्शी नगर सदस्य रबिन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो भने कार्यक्रम मोरङ जिल्ला सचिव धनराज मंगोलले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्