शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोलमय बन्दै स्याङ्जा जिल्ला

Anita Thapa magar | 8 सेप्टेम्बर 2019

मंगोलमय बन्दै स्याङ्जा जिल्ला

मिति 7,September,2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा स्याङ्जाका अध्यक्ष  रत्न बहादुर गुरुङको सभाधक्ष्यतामा र केन्द्रिय मुलसचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा स्याङ्जा जिल्लाको वालिङ वडा न १२घुरुखा मैदानमा एकदिने मंगोल रास्ट्रबाद सम्बन्धि बृहत् मुलवासी प्रशिक्षण सम्पन्न भएको हो ।  विशिस्ट अतिथिका रुपमा , गण्डकी प्रदेश सभाका पुर्व अध्यक्ष नवीन गुरुङ र पुर्व कोषाध्यक्ष राजु आले हुनुहुन्थ्यो । अतिथिका रुपमा पुर्व सदस्यहरु सरिता गुरुङ ललिता गुरुङ , पुतलीबजार नगर सभाका अध्यक्ष अमृत थापा मगर, भिर्कोट नगर सभाका अध्यक्ष जङ्ग बहादुर गुरुङ , वालिङ नगर सभाका अध्यक्ष सोम बहादुर गुरुङ , बागलुङ जिल्ला सभाका प्रतिनिधि मौसमी घर्ती हुनुहुन्थ्यो । सम्पुर्ण अतिथिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका विशिस्ट अतिथिहरुले गण्डकी प्रदेश सभाको अधिवेशन असोज ११ गते स्याङ्जा जिल्ला मा हुनगएको कारण सबैजनालाई तन, मन र धनले सहयोग गर्न आग्रह गर्नुभएको थियो। 

मंगोलमय बन्दै स्याङ्जा जिल्ला

त्यसरी नै प्रमुख अतिथिज्युले उपस्थित सम्पुर्ण मुलवासी मंगोल महानुभावहरुलाई अत्यन्तै प्रभावकारी ढङ्गले आदिवासी जनजाती र मुलवासी मङ्गोलको बारेमा फरक बताउदै नेपालको असली राजनिती र इतिहास खोतल्दै मङ्गोल रास्ट्रवादसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।कार्यक्रम पश्चात् सुन बहादुर गुरुङ्को अध्यक्षतामा २१ सदस्यीय मङ्गोअ नेसनल अर्गनाइजेसन वालिङ नगरपालिका -१२ वडा सभा गठन भएको छ । स्वागत मन्तब्य जिल्ला कोषाध्यक्ष नेम बहादुर गुरुङले दिनु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्