बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माईनगर - १, त्रीवेणी चोकमा मंगोल प्रशिक्षण सम्पन्न

Mongol Vision News | 28 फेब्रुअरी 2020

माईनगर - १, त्रीवेणी चोकमा मंगोल प्रशिक्षण सम्पन्न

ईलाम/ मंगोल नेशनल अर्गनाइजेशन माईनगरसभाको सक्रियतामा माईनगरपालिका वार्ड -१ त्रीवेणी चोकमा एकदिने मंगोल रास्ट्रवाद सम्बन्धि मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    माईनगरसभा वार्ड न १ का अध्यक्ष मान बहादुर रावाली राइको अध्यक्षतामा सम्पन्न उक्त मंगोल प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सचिव सन्तोष तामाङ रहनुभएको थियो । प्रमुख अतिथी तथा मुख्य प्रशिक्षक तामाङले भन्नुभयो " यो देशमा हिजो मगन्तेको रुपमा आफ्नो ज्यान जोगाउन भित्रीएका हिन्दु आर्य बाहुनक्षेत्रीले फुटाउ अनि राज गर भन्ने नीति लागू गर्न हिन्दुआर्यकै निर्देशनमा विभिन्न संघ संगठन खोलिदिएर दानापानी भर्दै आएको छ , हामी अहिन्दु मुलवासी मंगोलहरु सही राजनीति दर्शनको अभावले दाजुभाइ - दाजुभाइ लडिरहेका छौ, विभिन्न नाम मात्र फरक भएको उदेश्य एउटै ( मुलवासी मंगोल समुदाय मास्ने)भएको कथित बाहुने पार्टीलाई बहुमतमा पुर्याइरहेका छौँ भने त्यस्को बदलामा हामीले अपमान तिरस्कार मात्रै हाता पारेका छौं : अत अब यो मंगोल मुलुक बनाउने जिम्मा यहिका मुलवासी मंगोलसमुदाय माथी भएकोले विभिन्न तह र तप्कामा छरीएका मुलवासी मंगोलहरु एकजुट हुँदै हाम्रो साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुन आजै प्रतिबद्धता गरौं " । थपमा तामाङले भन्नुभयो म पढेलेखे छुइन भन्दै कथित अहिन्दु मंगोल मास्ने पार्टीमा बस्दै जनजाति आदिवासी स्विकार्दै जिन्दगी बिताए आउदो आफ्नै पिडिले धिकार्ने छन् , थुक्नेछन ।

    त्यस्तै केन्द्रिय सदस्य प्रेम जिम्बा तामाङले शुभकामना मन्त्यब्यको क्रममा भन्नुभयो " हामी यो देशको मालिक भएपनि एकछाक टार्न, एक आङ लगाउन आफ्नो भुमी छोडेर विदेशमा रगत पसिना बगाउनु परिरहेको छ । यसर्थ आफ्नो मुल शत्रु र हाम्रो अस्तित्व चिन्न किमार्थ ढिलाइ गर्नु नहुने बताउनु भएको थियो " पहाडी ईलाका यातायातको यथेष्ट सुविधा नभएको कारण अवेर गरि शुरुभएको उक्त मंगोल प्रशिक्षण कार्यक्रमका विशिस्ट अतिथीमा एमएनओ केन्द्रिय सर्वोच्च सभा सदस्य तथा मंगोल भिजन मिडियाका मेनेजिङ डिरेक्टर राज कुमार गुरुङ , मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य प्रेम जिम्बा तामाङ , इलाम जिल्ला सभाका अध्यक्ष प्रेम कुमार तामाङ , झापा जिल्ला सभा सदस्य तथा मंगोल भिजन पत्रकार सन्जुहाङ्ग मंगोल , माइनगर सभाका अध्यक्ष चन्द्र फागो , आदिको उपस्तिथि रहेको थियो । मंगोल नेशनल अर्गनाइजेसन माईनगरसभा सदस्य खुमाल सिंह राइले स्वागत मन्त्यव्य राख्नुभएको उक्त मंगोल प्रशिक्षण कार्यक्रम सागर दर्जी मंगोलले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्