शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माँझी गाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Sinara Meche | 21 मार्च 2020

माँझी गाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा एकदिने मंगोल रास्ट्रबाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    21 मार्च शनिवारको दिन झापाको मेचिनगर नगरपालिका वडा नं.4 स्थित माझी गाउँको बसन्त टोलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्थानीय बासिहरुको उल्लेखनीय सहभागीता रहेको उक्त कार्यक्रममा मेचिनगर नगरसभा अध्यक्ष सागर मंगोलले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रसिक्षणको क्रममा मानव अस्तित्व, मानव उत्पत्ती, इतिहास लगायत साङ्गठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    सन् 1495 र 1556 मा भारतबाट बिदेशीको रुपमा भित्रेको हिन्दु आर्य बाहुन छेत्रीहरुलाई हाम्रो सोझासिधा मुलवासी मंगोल पू्र्खाहरुले दया, माया लागेर गाँस, बास, कपास दिए तर फलस्वरूप षड्यन्त्रकारी बाहुनछेत्री हरुले कालान्तरमा उल्टो आफ्नै भुमीबाट उठिबास लगाइदिएको यथार्थ इतिहास उहाँले प्रष्ट पार्नुभएको थियो । त्यस्तै उहाँले आजसम्म हिन्दूवादले विभिन्न जातजातिको नाममा तितरबितर भयौं, बिरानो बन्याैं अब डा.गोपाल गुरुङ द्वारा प्रतिपादन गर्नुभएको मंगोल रास्ट्रवादको सिद्धान्तद्वारा मात्र पुर्बमा रहेको राई, लिम्बु होस् चाहे पश्चिमको गुरुङ, मगर होस्, उत्तरमा रहेको भोटे, सेर्पा, लेप्चा होस् चाहे तराईबासी मेचे, धिमाल, थारु, जिरेल, कथित दलित बनाइएको समुदायहरु सम्पुर्णलाई मंगोल र मुलवासीको भावनाले एकजुट बनाउने कार्य एमएनओ ले गरिरहेको वास्तविक्तालाई उजागर गर्दै ८०% अहिन्दू मूलवासि मंगोलहरुको साझा घर मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध हुनुको विकल्प नरहेको कुरा बताउनु भएको थियो । नगर सभा प्रचार सचीव खम बहादुर राईको सक्रियतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगरसभा सदस्य किशोर धिमालको पनि उपस्थिति रहेको थियो । नगर सभा सचीव सिनारा मेचेले कार्यक्रम संचालनको क्रममा उपस्थित सम्पुर्ण मंगोल प्रेमिहरुलाई स्वागत गर्दै कार्यक्रमलाई अघि बढाएकि थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्