मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङ बक्राहामा मंगोल प्रशिक्षण

Mongol Vision News | 26 डिसेम्बर 2019

मिक्लाजुङ बक्राहामा मंगोल प्रशिक्षण

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङ मिक्लाजुङ गाउँसभाको पहलमा मिक्लाजुङ गाउँपालिका - ६ बक्राहा डाँडा टोलमा एकदिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

       मिक्लाजुङ गाउँसभाका सदस्य अहिन्दु मुलवासी मंगोल लाल बहादुर मंगर र मिलन मोक्तान तामाङज्युको बिशेश सक्रियतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य तथा युवा नेता सुरज फोम्बो लिम्बू रहनु भएको थियो । प्रमुख अतिथि लिम्बूले उपस्थित सम्पुर्ण मंगोल समुदायलाई भन्नुभयो " हामी अहिन्दु मुलवासी मंगोल समुदायलाई विदेशी हिन्दुआर्यले विभिन्न कथित जातजातिमा बिभाजन गरेर झुट र लुटको भ्रमित फोहोरी राजनैतिक गर्दै आएपनि अब अन्तिम विकल्प एमएनओले लड्दै आएको अन्तरास्ट्रिय मानव अधिकारको मापदण्ड अनुरुप समस्त मानवहरुले भेदभावरहित समनतापुर्वक जिउन पाउने बैचारिक क्रान्ति हो " हामीलाई मख्ख पार्ने अनेकौं आर्य कुमैटे नीति हामिमाझ आएपनि अब हामी विभिन्न तह र तप्काका छरिएका अहिन्दु मुलवासी मंगोलहरुले आफ्नो मुलघरलाई हामी अहिन्दु मुलवासी मंगोलहरुको हाम्रो पवित्र संगठन अर्थात साझा घर हो भनी चिन्नु पर्ने खुलासा प्रष्ट पार्नुभएको थियो । हिउँदे मौसम छोटो दिनमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा उपस्तिथि सबैलाई अबिनास राइले स्वागत मन्त्यब्यले स्वागत गरेका थिए भने जुना घले तमुले कार्यक्रम संचालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्