शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङ गाउ सभाको सक्रियतामा मङ्गोल राष्ट्रवाद दर्शन सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision | 12 सेप्टेम्बर 2021

मिक्लाजुङ गाउ सभाको सक्रियतामा मङ्गोल राष्ट्रवाद दर्शन सम्बन्धि प्रशिक्षण सम्पन्न

मोरङ/मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा मोरङको पहल तथा मिक्लाजुङ गाउ सभाको सक्रियतामा लेताङ-१ लोख्रा टोलमा सेप्टेम्बर 9 को दिन मङ्गोल राष्ट्रवाद दर्शन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। एम एन ओ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि केन्द्रीय सदस्य सुरज लिम्बु ज्यु ले प्रशिक्षण प्रदान गर्नु भएको थियो। उपस्थित स्थानीय मुलबासी मङ्गोल हरुलाई प्रशिक्षण प्रदान गर्ने क्रममा मङ्गोल मुलबासीहरु आफु आफ्नो मुलुकको मालिक भएर पनि आफैंलाई चिन्न नसकेको साथै हामीलाई र हाम्रो देशलाई बर्बाद पार्ने शत्रुलाई पनि चिन्न नसकेकोले यो दुर्दशा भोग्नु परेको कुरा व्यक्त गर्नु भयो। यसैगरी आर्य शासकले हामीलाई हिन्दुत्व द्वारा जातजातिको नाममा टुक्राटुक्रा पारेर शासन र शोषण गरिरहेको कुरा उल्लेख गर्नु भएको थियोे। प्रशिक्षण कार्यक्रममा अतिथिका रूपमा जिल्ला सदस्य सुमन लिङ्देन, मिक्लाजुङ गाउ सभा सचिव लाल ब मगर, रेवत मगर , मान ब मादी र बिशाल लिम्बु रहनु भएको थियो। उक्त प्रशिक्षण कार्यक्रम जिल्ला सदस्य सुमन लिङ्देन ले स्वागत मन्तव्य राख्नु भएको थियो भने मिक्लाजुङ गाउ सभा अध्यक्ष मिलन मोक्तान ले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्