शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङ घिसिङ चोकमा एकदिने मंगोल प्रशिक्षण

Mongol Vision News | 23 अगस्ट 2019

मिक्लाजुङ घिसिङ चोकमा एकदिने मंगोल प्रशिक्षण

मोरङ / मंगोल नेशनल अर्गनाइजेसन मोरङ जिल्लाको सक्रियतामा मिक्लाजुङ - ४ घिसिङ चोकमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । डम्बरबहादुर तामाङको संयोजकत्वमा सम्पन्न उक्त मंगोल प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बु हुनुहुन्थ्यो । अतिथी लिम्बुले उपस्तिथि मंगोल समुदायलाई मंगोल रास्ट्रवाद सम्बन्धि एकदिने मंगोल प्रशिक्षण प्रदान गर्नुभएको थियो । स्थानीय मंगोल समुदायहरुको माग अनुसार अहिले मोरङ जिल्लाभर विभिन्न गाउँबस्तीहरुमा मंगोल प्रशिक्षण कार्यक्रम तिव्ररूपमा अगाडि बढिरहेको छ । मुलवासी मंगोल समुदाय तामाङहरुको बस्तीमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा सन्त तामाङ ,मिक्लाजुङ टोलसभाबाट सुमन लिङ्देन ,वलदेव लिङ्देन ,बेल कुमार लेक्वा ,आस बहादुर राई ,छत्र खजुमको पनि उपस्तिथि रहेको थियो । घिसिङ चोकमा सम्पन्न प्रशिक्षण कार्यक्रममा अविनास राइले स्वगत मन्त्यब्य राखेका थिए भने धनराज लिम्बुले कार्यक्रम संचालन गरेका हुन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्