बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङको पुलामी चौकमा मंगोल विषयक प्रशिक्षण

Lassim Hang Mongol | 16 जनवरी 2019

मिक्लाजुङको पुलामी चौकमा  मंगोल विषयक प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा मिक्लाजुङ गाउँपालिका वडा- ३ पुलामी चौकमा मूलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
16  जनवरी बुधबारका दिन गाउँ-गाउँ जाऔं, मूलवासी मंगोल जगाऔं, अस्तित्व बचाऔं भन्ने संगठनको मूल नारालाई आत्मसात गर्दै अहिन्दू मूलवासी मंगोल हरि मगरको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । संगठनका केन्द्रीय सदस्य सुरज फोम्बू लिम्बूको प्रमुख आतिथ्यता र मिक्लाजुङ गाउँपालिका वडा-२ अध्यक्ष लाल बहादुर मगरको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी सुरज फोम्बो मुख्य प्रशिक्षक रहनु भएको थियो । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी सुरज फोम्बो लिम्बूले प्रशिक्षण प्रदान गर्दै उपस्थित मूलवासि मंगोल लोक समुदायहरूलाई मानव अस्तित्व लगायत नेपालको वास्तविक राजनितीक समस्या र संगठन र संगठनको उद्धेश्यबारे प्रष्ट्याउनु भयो भने आदिवासी जनजाति शब्द, मुलवासी मंगोलहरुको अस्तित्व नामेट पार्न ल्याएको हिन्दू खस आर्य बाहुनबादिहरुको षड्यन्त्रबारे पनि प्रष्ट्याउनु भयो । त्यस्तै अहिन्दू मुलवासी मंगोलहरू आज सम्म राजनितीक चेतना विहिनका कारण आफ्नै भुमिमा बाहुन क्षेत्रीले कहिले जंगली, भुस्तिघ्रे कहिले मतुवालि कहिले आदिवासी जनजाती बनाएर आफ्नै मुलुकबाट आज दिनदिनहुुँ बिरानो अस्तित्व बिहिन बनाई शरणार्थीको स्थितिमा पुर्याई सकेको र यो एक्काईसौं शताव्दी अहिन्दू मूलवासी मंगोल मूक्तिको शताब्दी भएकोले अहिन्दू मूलवासी मंगोलको एकता आजको राष्ट्रीय आवश्यकता हो । अब नेकपाको बिकल्प कंग्रेस र कंग्रेसको बिकल्प नेकपा अथवा बाहुनको विकल्प क्षेत्री र क्षेत्रीको विकल्प बाहुन नभएकोले बाहुन क्षेत्री र तिनका आर्टिको विकल्प समस्त ८०% अहिन्दू मूलवासी मंगोलको साँझा र सुरक्षीत अनि स्वतन्त्र घर एमएनओ भएको प्रशिक्षक फोम्बोले बताए ।
कार्यक्रममा लाल बहादुर मगरले स्वागत मन्तव्य राखेका थिए भने कृष्ण दर्लामिले कार्यक्रम सन्चालन गरेका थिए । 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्