शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङको शिखर टोलमा एम.एन.ओ. को प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Lassim Hang Mongol | 25 डिसेम्बर 2018

मिक्लाजुङको शिखर टोलमा एम.एन.ओ. को प्रशिक्षण कार्यक्रम सम्पन्न ।

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको सक्रियतामा मिक्लाजुङ गाउँपालिका वडा नं. ३ शिखर टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
२५ डिसेम्बर मंगलबारका दिन पदम बहादुर थापा मगरको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज फोम्बू लिम्बूको प्रमुख आतिथ्यतामा मूलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पदम बहादुर पुलामी मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी सुरज फोम्बू लिम्बूले मूलवासी मंगोल जनसमुदायहरूलाई मानव उत्पती, संगठनको उद्धेश्य र शव्दको अर्थ र असरबारे प्रस्ट्याउनु हुँदै आदिवासी जनजाती र मूलवासि शव्दबारे प्रष्ट पार्नु भयो । देशमा आज सम्म धेरै परिवर्तन आए, ठुल ठुला क्रान्ति भएनी देशमा विकास र समृद्धिको नाममा देश झन अबिकसित र भ्रष्ट हुनाको कारण देश विदेशी वर्णभेदीवादिको हातमा भएकोले, देशको मूल समस्या वर्णभेदी निति र त्यसको अन्त्यको लागी जातीय र पहिचान भन्दा माथी उठेर वर्णभेदी निति विरुद्ध र मानव अस्तित्व मंगोल भएर बोल्नु,लड्नु पर्ने बताउनु भयो । साथै मंगोल कुनै पनि जातजाति नभएर मानव नश्ल भएकोले यस कुरामा रनभुल्ल नपर्न पनि आग्रह गर्नु हुदै प्रशिक्षण प्रदान गर्नु भयो । उक्त प्रशिक्षण कार्यक्रम सन्चालन मोरङ जिल्ला सभाका सचिव धनराज योङहाङ लिम्बूले गरेका थिए 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्