शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङकाे तिल्केनिमा मंगोलको प्रशिक्षण

Lassim Hang Mongol | 28 डिसेम्बर 2018

मिक्लाजुङकाे तिल्केनिमा मंगोलको प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको आयोजनामा मिक्लाजुङ गाउँपालिका वडा- २ तिल्केनिमा मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
27 डिसेम्बर बिहिबारका दिन कृष्ण कुमार राईको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । संगठनका केन्द्रीय सदस्य सुरज फोम्बू लिम्बूको प्रमुख आतिथ्यता र मोरङ जिल्ला सभा सदस्य आस बहादुर राई विशिष्ट अतिथिमा रहनु भएको थियो भने अतिथिहरूमा मिक्लाजुङ गाउँपालिका वडा- २ अध्यक्ष लाल बहादुर मगर र प्रवास सभा मेघालयका टेक बहादुर मगर थिए । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी सुरज फोम्बो लिम्बूले उपस्थित मूलवासि मंगोल जनसमुदायहरूलाई मानव अस्तित्व लगायत नेपालको वास्तविक राजनितीक समस्या र संगठन र संगठनको उद्धेश्यबारे प्रष्ट्याउनु भयो भने मोरङ जिल्ला सभा सचिव धनराज योङहाङ लिम्बूले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्