मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङमा एम. एन. ओ. को वडा सभा

mongolvision | 23 जनवरी 2022

मिक्लाजुङमा एम. एन. ओ. को वडा सभा


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मिक्लाजुङ गाउँ सभाको आयोजनामा मिक्लाजुङ गाउँपालिका वडा नं. ४ मा वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. मिक्लाजुङ गाउँसभा अध्यक्ष मिलन मोक्तानको सभाध्यक्षतामा एवं एम. एन. ओ. जिल्ला सभा मोरङका अध्यक्ष विकेन वान्तवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु मोरङ जिल्ला सदस्य सुमन लिङदेन, बेलबारी नगरसभा अध्यक्ष भीम राई र उर्लाबारी नगरसभा अध्यक्ष मोहन बहादुर राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
          बवी वान्तवा राईको अध्यक्षतामा २४ सदस्यीय मिक्लाजुङ -४ वडा सभा गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः सिंह बहादुर राई, सञ्जु तामाङ र मनोज राई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा फूलमाया तामाङ, चुडामणि राई, खड्ग चाम्लिङ, विमला गोले, टंक बहादुर राई, नर बहादुर थुलुङ, नरेन्द्र राई, लाल बहादुर सशङ्खे, श्याम कुमार मगर, लाल बहादुर राई, पञ्चमान लिङदेन, दल बहादुर राई, डोलेश्वर सुनुवार, तिलक राई, बुद्धिमान श्रेष्ठ, अमृत दर्जी, सागर लिङदेन, चन्द्र बहादुर दर्जी, अशोक राई र कमल बहादुर दर्जी रहनुभएको छ । नवगठित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विकेन वान्तवाले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त अबको अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेशन भएको बताउनुभयो । लोक समुदायहरुको सौहार्दपूर्ण  उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा मिक्लाजुङ गाउँं सभा सहसचिव रविन तामाङले स्वागत मन्तव्य राखेका थिए भने सचिव लाल बहादुर मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्