सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङमा एम एनओको प्रशिक्षण

mongol vision | 31 मार्च 2021

मिक्लाजुङमा एम एनओको प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मिक्लाजुङ गाउँ सभाको आयोजनामा मोरङको उत्तरी छेत्र मिक्लाजुङमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मिक्लाजुङ गाउँ पालिका वाड नम्बर ४ स्थित ठूलो धारे त्रिबेणि सामुदायिक बनको सभा हलमा शुक्रबार संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमलाई केन्द्रिय सदस्य फोम्बोले प्रशिक्षण प्रदान गर्नु भयो । सो क्रममा उहाँले मंगोल दर्शन, एम एनओको उदेश्य र आवश्यकताको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तवा, अबिनास राई र सुमन लिङ्देनले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । मिक्लाजुङ छेत्रका मुलबासी जनसमुदायहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा बबि राइले स्वागत मन्तव्य राख्नु भयो । गाउँ सभा अध्यक्ष मिलन राइको अध्यक्षतामा भएको कार्यक्रम सचिब लाल बहादुर मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्