बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै तदर्थ वडा सभा गठन

Sirjana Mongol | 26 सेप्टेम्बर 2020

मिक्लाजुङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै तदर्थ वडा सभा गठन

मोरङ / मंगोल नेशनल अर्गनाईजेशन मिक्लाजुङ तदर्थ गाउँसभाको आयोजनामा मिक्लाजुङ -२ मा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम एन ओ मिक्लाजुङ तदर्थ गाउँ सभाका अध्यक्ष अविनाश राई ज्युको अध्यक्षतामा एवं एम एन ओ केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बु ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एम एन जो जिल्ला सभा मोरङका सचिव धनराज लिम्बु र सदस्य आश बहादुर राई पनि अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक धारणा र मानव उत्पत्तिको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमकै अवसर पारेर मिक्लाजुङ - २ तदर्थ वडा सभा पनि गठन भएको छ । अध्यक्ष , सचिव , कोषाध्यक्ष , सहसचिव र कोषाध्यक्षमा क्रमशः सर्न राई , बम बहादुर राई , शमशेर राई , लक्की राई रहनुभएको छ । यसैगरी सदस्यहरूमा भक्त बहादुर राई , टिका भक्त राई , हरि बहादुर राई , विनोद राई , विनोद राई , हेमराज मगर , खड्क बहादुर लिङदेन , पदम बहादुर लिङदेन , प्रेम कुमार राई , सन्त कुमार राई , किस्न कुमार राई , गंगा मुसङ , मेनुका राई , प्रजित राई , लाल बहादुर मगर , विपुल राई र प्रेम राना मगर रहेका छ्न ।

मिक्लाजुङमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै तदर्थ वडा सभा गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्