आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङमा मंगोलको प्रशिक्षण

mongolvision | 3 अक्टोबर 2021

मिक्लाजुङमा मंगोलको प्रशिक्षण

 

 


धनराज लिम्बू

मोरङ/  2 अक्टोबर सनिवारको मोरङको मिक्लाजुङ गाउँ पालिकामा  मङ्गोल नेसनल अर्गनाइजेसनले  एक दिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
2 अक्टोबर सनिवार मिक्लाजुङ गाउ सभाको आयोजनामा मङ्गोल दर्शन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बबि बान्तावाको सभाध्यक्षता तथा एम एन ओ केन्द्रीय सदस्य सुरज लिम्बु ज्युको प्रमुख आतिथ्यतामा मिक्लाजुङ -४ भोगटेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि लिम्बु ज्युले प्रशिक्षण प्रदान गर्ने क्रममा नेपाली राजनीतिमा बिभेदपूर्ण राज्य व्यवस्था र गद्दार शासक परिवर्तनको लागि नेपालमा लोकतान्त्रिक समाजवाद अर्थात मङ्गोल दर्शन को आधीबेहरी नै आइरहेको  कुरा जिकिर गर्नु भएको थियो। साथै हिन्दु शासक हरुले समय समयमा पटक पटक शब्दरुपी जाल तयार गर्दै मुलबासी मङ्गोलहरुलाई शासन  र शोषण गरिरहेको कुरा स्पष्ट पार्दै अब आफ्नो मुलुकको राजनीतिक तालाचाबी आफ्नो हातमा लिइ आफै चलाउनु पर्नेमा जोड दिनु भएको थियोे।
   उक्त प्रशिक्षण कार्यक्रमको अतिथि समेत रहनु भएका १ न प्रांतीय सदस्य सिब कुमार राई ज्युले शुभकामना मन्तव्य राख्नु भएको थियोे भने मिक्लाजुङ गाउ अध्यक्ष मिलन मोक्तान ले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा जिल्ला सचिव धनराज लिम्बू र स्थानीय कार्यकर्ता हरु समेतको उपस्थिति रहेकोे थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्