मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मिक्लाजुङमा मंगोलको प्रशिक्षण मोरङ

mongolvision | 11 अक्टोबर 2021

मिक्लाजुङमा मंगोलको प्रशिक्षण  मोरङ


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको पहलमा तथा मिक्लाजुन गाउँ सभाको आयोजनामा मिक्लाजुङ -४ स्थित हात्तीमारा टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यकर्ता सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. मिक्लाजुङ गाउँसभाको अध्यक्ष मिलन मोक्तानको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सुरज फोम्बो ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एम. एन. ओ. झापा जिल्ला सदस्य सागर दर्जी रहनुभएको थियो भने अतिथिमा मोरङ जिल्ला सदस्य सुमन लिङ्देन रहनुभएको थियो ।
           कार्यक्रममा सागर दर्जी र सुरज फोम्बोले संयुक्त रुपमा मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ओरमुख अतिथिले अबकोसमय सम्पूर्ण मूलबासी मंगोलहरु एकजुट भएर आफ्नो मतदान चुनाव चिन्ह कुखुराको भालेमा दिनुपर्ने कुरामा जोड दिनुभयो । मंगोल कार्यकर्ता, समर्थक साथै लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा रविन तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने मिक्लाजुङ सचिव लाल बहादुर मगरले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्