शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मालिका ४ ओखरबोटमा एम.एन.ओ. वडा सभा गठन

दिपक मंगाेल | 28 डिसेम्बर 2020

मालिका ४ ओखरबोटमा एम.एन.ओ. वडा सभा गठन

म्याग्दी बेनी, मिति २०७७ पौष ११ गते तदनुसार २६ डिसिम्वर २०२० का दिन मंगोल नेशनल अर्गनाईजेशनको मालिका गाउँपालिका ४ ओखरबोटमा वडा सभा गठन सम्पन्न भएको छ ।
दोस्रो म्याग्दी जिल्ला अधिवेशन आयोजक सभाको सकृयतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम दोस्रो म्याग्दी जिल्ला अधिवेशन सभाका सदस्य जिवन पुन मंगोलको अध्यक्षता र प्रचारप्रसार सचिव विकास पुनको संचालनमा प्रमुख अतिथी तथा प्रशिक्षक कुमार रोका मगर रहनु भएको थियो अतिथीहरुमा मंगला गाँउपालिका सभाका अध्यक्ष मनबहादुर मगर, मालिका गाउँपालिका वडा नं.२ का अध्यक्ष ज्ञानबहादुर पुन लगाएत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
प्रमुख प्रशिक्षक तथा गण्डकी प्रदेश सभा सदस्य कुमार रोका मगरले उपस्थित मंगोल लोकसमुदायहरुलाई मंगोलबाद दर्शन र एम.एन.ओ. सम्वन्धी प्रशिक्षण दिनु भएको थियो, त्यसैक्रममा मालिका गाउँपालिका ४ नं. वडा सभा समेत गठन सम्पन्न भएको थियो। अध्यक्ष दलप्रसाद घर्तीमगर, सचिव मिमबहादुर घर्तीमगर, कोषाध्यक्ष जोकमान पुन, सदस्यहरु विनोद पुन मगर, मिम पुनमगर, सुरेश पुन मगर, जाल बहादुर विक, पुनम घर्ती, मुमिराज सिर्पाली, यूवराज सिर्पाली, जनक पुन, हरी पुन, ख प्रसाद पुन, श्याम बहादुर पुन, जंगबहादुर पुन, यामबहादुर पुन, र लिलबहादुर पुन गरी जम्मा १७ सदस्यीय वडा सभा गठन भएको छ। 
 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्