शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुलबासी मुसहर गाउमा मंगोल वाद सम्बन्धि प्रशिक्षण

Mongol Vision News | 15 मार्च 2020

मुलबासी मुसहर गाउमा मंगोल वाद सम्बन्धि प्रशिक्षण

मोरङ / मोरङ जिल्लाको दक्षिणी भेगको मुलबासी मुसहर बस्तीमा मंगोल नेशनल अर्गनाइजेशनले मंगोलवाद बिषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    एमएनओ सुनवर्षी नगर सभाको आयोजनामा शनिबार सुनबर्षी वाड न ६ स्थित रडिटोलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यता मा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई केन्द्रिय सदस्य फोम्बोले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले तराईका मुलबासीहरु पछि पर्नुको मुल कारण सहि राजनीतिलाई चिन्न नसक्नु रहेको बताए ।

त्यस्तै उहाले मंगोल बादले मात्र यहाँका मुलबासीहरुको उत्थान हुने दाबी गर्नु भयो । प्रशिक्षण कार्यक्रममा मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तवा , पथरी शनिसरे नगर सभा अध्यक्ष टेक बा मगर लगायतले पनि मन्तव्य राख्नु भएको थियो । सुनबर्षी नगर छेत्रका मुलबासी मुसहर समुदायहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम तिलकु ऋषिदेबको अध्यक्षतामा सम्पन्न भएको थियो भने कुसुमलाल ऋषिदेबले स्वागत मन्तव्य राखेको कार्यक्रम रबिन्द्र श्रेष्ठले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्