बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुलबासी राजबंसी भाङागाेला गाउमा मंगोलको प्रशिक्षण

mongolvision | 1 नोभेम्बर 2021

मुलबासी राजबंसी भाङागाेला गाउमा मंगोलको प्रशिक्षण


सिनारा मेचे
झापा/ झापाको मेची नगर पालिका वाड १५ को मुलबासी मंगोल राजबांसी गाउँ भागागोलामा मंगोल नेशनल अर्गनाइजेशन  मेचिनगर  १५  वाड सभाले एक दिने मंगोल मुलबासी बिषयको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ  ।
वडा सभाका अध्यक्ष हिमाल मेचे को सभाअध्यक्षता मा र संगठन का केन्द्रीय सचीव सन्तोष तामाङ को प्रमुख आतिथ्यतामा कात्तिक १३ गते  उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको बिशिस्ट अतिथिमा  १ नं. प्रान्तीय सभा सदस्य देव नारायण धिमाल रहनु थियो । प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथी र बिशिस्ट अतिथीदयले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्नु हुँदै केन्द्रीय सचिब तामाङले तराइका  मुलबासी जमिदार राजबंसी आज के कारणले सुकुमबासीमा परिनयत भए , किन आज भुमिहिन बन्न पर्यो भन्ने बारेमा बताउनु भएको थियो । त्यस्तै उहाले यो अवस्थामा आइ सक्दा समेत तराईका  मुलबासीहरु एक हुन नसक्नु दुखको रहेको बताउनु भयो । त्यस्तै गरि उहाले एम एनओले मात्र सबै मुलबासी जनसमुदायहरुको हक अधिकार दिलाउने भन्दै मंगोल नेशनल अर्गनाइजेशनमा  आवद्ध हुन सबै लाई आह्वान गर्नु भयो ।
त्यस्तै अर्का प्रशिक्षक  प्रान्तीय सभा सदस्य देब नारायण धिमालले राजबंसी भाषामा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।  सो क्रमश उहाले एम एमओको बारेमा प्रष्ट पार्नु भयो ।   कार्यक्रमकै अवसर  पारेर स्थानीय मोहन राजबङ्सी को अध्यक्षतामा ५ सदस्यीय भाङागोला तदर्थ  टोलसभा समेत गठन  गरिएको छ । कार्यक्रममा वाड सभा कोषाध्यक्ष सागर मेचेले स्वागत मन्तव्य राख्नु भएको थियो भने  सचीव दिलिप राजबङ्सी ले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्