बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुलबासी राजबंशि गाउमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

mongolvision | 29 जनवरी 2022

मुलबासी राजबंशि  गाउमा  मंगोलवाद सम्बन्धी प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर-७ वडा सभाको  आयोजनामा मेचिनगरको मुलबासी राजबंशी गाउँ  मदनबस्तिमा मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम  मेचिनगर-७ वडासभाका अध्यक्ष मिङमा तामाङ को सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नं. प्रान्तीय सभा सचिव सागर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
राजबंशि समुदायको बाक्लो उपस्थिति रहेको त्यस कार्यक्रम मा मेचिनगर १५ वडा सभाका सचिव दिलिप  राजबंशिले आफ्नै भाषाबाट मंगोल दर्शनको बारेमा प्रष्टयाउनु भएको थियो भने मेचिनगरसभा अध्यक्ष सिनारा मेचे र प्रमुख अतिथि सागर राईले संयुक्त रुपमा मंगोलवाद सम्बन्धेव प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथीमा जिल्ला सभा झापाको सदस्य निलम राई रहनुभएको थियो भने अतिथीमा मेचिनगरसभाका कोषाध्यक्ष नर बहादुर राई रहनु भएको थियो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा  स्वागत मन्तव्य मेचिनगर -२ वडा सभाका अध्यक्ष पुर्णहाङ लिम्बूले राखेका थिए भने नगरसभा सचिव किशोर धिमालले सञ्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्