आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुलबासी सन्थाल गाउँमा एम एनओ प्रशिक्षण

mongolvision | 9 अक्टोबर 2021

मुलबासी सन्थाल गाउँमा एम एनओ प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल  गाउँ सभाको आयोजनामा कमल  गाउँ पालिका वाड न ५ स्थित सन्थाल टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
सनिवार  कमल गाउँ सभाका  अध्यक्ष प्रेम लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. झापा जिल्ला सदस्य सागर दर्जीको प्रमुख आतिथ्यतामा उक्त सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु एम. एन. ओ. दमक नगरसभाका अध्यक्ष , सचिव क्रमशः दिपेश राई र थम्मन सिंह राई रहनुभएको थियो ।
कार्यक्रममा सागर दर्जीले मानव उत्पत्ति, अस्तित्व र पहिचान, मूलबासी, आदिवासी र जनाजातीको अर्थ, असरको विषयमा लोक समुदायमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । हिजोको हुकुमबासीहरु आज आफ्नै देशमा सुकुम्बासीको अवस्थामा पिगिसकेकाले अबको समय अधिकारको निमित्त सम्पूर्ण मूलबासी मंगोल समुदायहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर कुखुराको भालेमा आफ्नो अमूल्य मत खसाल्न उहाँले आव्हान गर्नुभयो । कार्यक्रममा  कमल ५वाड सभा का कोषाध्यक्ष जनक तामाङ, दिपेश राईले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम कमल गाउँसभा सचिव हिजन राईले कार्यक्रम सञ्चालन गरेका थिए  ।

मुलबासी सन्थाल गाउँमा एम एनओ प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्