बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुलवासी मंगोल विषयक खुल्ला प्रशिक्षण

Sinara Mongol Meche | 25 जनवरी 2019

मुलवासी मंगोल विषयक खुल्ला प्रशिक्षण

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचीनगर नगरसभाको सक्रियतामा मेचीनगर - २ स्थित काँडेमा एकदिने मुलवासी मंगोल विषयक खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनवरी २५ का दिन मेचीनगर नगरपालिका -२ स्थित काँडेका स्थानीयबासी बुद्धिमान तामाङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अार्थिक विभाग सदस्य सान बहादुर मेचेको प्रमुख अातिथ्यता एवम् एमएनअो प्रदेश नं. १ सचिव सागर राईको विशिष्ट अातिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेचीनगर नगर सभाका अध्यक्ष सागर दर्जी, कोषाध्यक्ष सन्देश राई, सदस्य रोशन लिम्बू ,सबिना राई लगायतको पनि उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा उपस्थित लाेकसमुदायलाई कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचे, विशिष्ट अतिथि एमएनअो प्रदेश नं. १ सचिव सागर राई र मेचीनगर नगरसभा अध्यक्ष सागर दर्जीले मानव अस्तित्व ,मंगोल राष्ट्रवाद र सांगठनिक विषयमा संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। उक्त प्रशिक्षण कार्यक्रमलाई नगर सभा सदस्य सविना राईले स्वागत मन्तव्य राखेकी थिइन् भने नगर सभा सचिव सिनारा मेचेले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्