आइतबार 26 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मूलवासी मंगोलहरुको अस्तित्व अधिकार, न्याय र समानताको लागि एक निडर योद्धा हुन महामानव ड. गोपाल गुरुङ ।

Bijayaraj Limbu | 27 जूलाई 2025

मूलवासी मंगोलहरुको अस्तित्व अधिकार, न्याय र  समानताको लागि एक निडर योद्धा हुन महामानव ड. गोपाल गुरुङ ।

मूलवासी मंगोलहरुको अस्तित्व अधिकार, न्याय र समानताको लागि एक निडर योद्धा हुन महामानव ड. गोपाल गुरुङ ।

सुषुप्त अवस्थामा रहेर चिर निन्द्रामा सुती रहेका नेवालका अहिन्दु मुलवासी मंगोलहरुलाई महामानव ड. गोपाल गुरुङ ज्यूले राजनितिक चेतनाको दियो बालेर बिउँझाईदिनु भयो । मंगोल मुक्तिको निमित्त औंलामा समातेर टुकुटुकु हिड्न सिकाउनु भयो । तोते बोली बोल्दा देखिनै स्वतन्त्रताको गीत गाउन लगाउनुभयो । बुढी औंला ठाडो पारेर मुट्ठी कस्दै अस्तित्वको लडाई लड्न सिकाउनुभयो । महामानव ड. गोपाल गुरुङको ठुलो त्याग, तपस्या र योगदानले गर्दा नै मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियता आएको हो । 

नस्लिय ,जातीय भेदभाव विरुद्धको उहाँको अथक लडाई र सत्यमा आधारित लोकतन्त्र, धर्मनिरपेक्ष ,संघीयता र मंगोल एकता र सामाजिक न्यायप्रति उहाँको जीवनभरको समर्पणले आवाजविहीनहरूको आवाजलाई जगाएको र उज्यालो छाएको छ। आज, हामी महामानव ड. गोपाल गुरुङ ज्यूको 90th औं जन्म दिन तथा दिवशको सम्मान गर्छौं - तर अझ महत्त्वपूर्ण कुरा, उहाँको साहस, त विरासत र तपाईंको अटल भावनाहरु मूलवासी मंगोलहरु माझ सधैं सम्झनाको दियो झै बलि रहने छ।

सम्मान, समावेशी र न्यायपूर्ण नेपालको लागि महामानव ड.गोपाल गुरुङ ज्यूको सपनाले आउने पुस्तालाई प्रेरणा दिइरहेको छ। उहाँको ती महानतालाई क्रान्तिकारी सलाम गर्दछौ । तपाईंलाई हामीले बिर्सिएको छैन - तपाईं नेवाली जनताको लागि सधैंभरि एक कलम र विचारको आन्दोलन हुनुहुन्छ।

तपाईंको आवाज केवल इतिहास मात्र होइन - यो हाम्रो भविष्य हो। आउनुहोस् हामी सबै अहिन्दु मुलबासी मंगोलहरु मिलेर दुरदर्शी, त्यागी, युग पुरुष महामानव ड. गोपाल गुरुङ ज्यूको 90th औं जन्म दिवस भव्य रुपले मनाऔं ।महामानव ड.गोपाल गुरुङ ज्यूको 90th औं जन्म दिवशको हार्दिक शुभकामना।

मूलवासी मंगोलहरुको अस्तित्व अधिकार, न्याय र  समानताको लागि एक निडर योद्धा हुन महामानव ड. गोपाल गुरुङ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्