सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

माने चौकमा प्रशिक्षण कार्यक्रम सम्पन्न

mongol vision | 3 अप्रिल 2021

माने चौकमा प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङ्को पहलमा सुरेन्द्र धिमालको संयोजकत्वमा कानेपोखरी ५ माने चौकमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कर्यक्रममा घले टोलका अध्यक्ष खड्क घले ज्युले हामिले आफ्नो समाजलाई जसरी भएपनी एम एनओको दर्शन बुझाउनु सुनाउनु पर्छ हामिले भन्दा नसुने केन्द्रिय स्तरका नेताहरुलाई निमन्त्रणा गरेर भएपनी बुझाउनु पर्छ सुनाउनु पर्छ भन्ने कुरामा जोड दिनु भएको थियो भने जिल्ला सभाका अध्यक्ष बिकेन वान्तावाले हामिले जे जस्तो काम गरेपनी राजनिती अब हामीले बुझ्नु पर्छ राजनैतिक रुपमा एक हुनु पर्छ । आफ्नो देशको लागि माटोको लागि अस्तित्वको लागि र भाबी सन्ततिको लागि भएपनी राज्नैतिक कुरा गतिबिधी अब बुझ्नु पर्छ सुन्नु पर्छ राजनिती बुझ्ने कोसिस गरेनौ चाहेनौ भने हाम्रो भाबी पुस्ताको अवस्था हामिले कल्पनानै नगरेको दर्दानाक अवश्थामा पुग्ने कुरा सम्पुर्ण माझ राखेका थिए ।

त्यस्तै प्रमुख अतिले पनि हिजो जे जसरी थियो विभिन्न पार्टी संगठनमा भएपनी रहेपनी अब उप्रान्त एम एनओ बाहेक मुलबाशी मंगोल हरुको संगठन नरहेको कुरामा जोड दिनु भयो जसरी हिजोका दिनमा तिनै पद पैसा र लोभमा रुमलियौ अब त्यसो गर्न हुन्न भन्ने कुरा प्रकाश पार्दै अन्त्यमा एम एनओको एउटै मात्र माध्यम बिकल्प भनेको चुनाब हो र चुनाबको लागि हतियार भनेको भोट लिस्ट रहेको जानकारी गराउदै हामिले लडाइ जानू भन्दा अगावै हतियार तयारी अवस्थामा राख्नुपर्ने कुरा सम्पुर्णमा अवगत गराएका थिए । उक्त कार्यक्रमको सभाध्यक्षता गर्नु भएका डिक बहादुर राई ज्युले सबैलाइ एक भएर हातेमालो गरेर अगाडि बड्न अनुरोध गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सभा मोरङका सचिव डि.बि. मंगोलले गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्